News Category 2073/07/11
जिविसको कार्यक्रम संचारकर्मीद्वारा बहिष्कार
दैनिक समाचारदाता
राजविराज, १० कात्तिक ।
जिल्ला विकास समिति सप्तरीले बुधबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रम संचारकर्मीहरुले बहिष्कार गरेका छन् ।
पत्रकार महासंघ सप्तरीका सदस्यहरुले बहुमतले अविश्वासको प्रस्ताव दर्ता गरेका तत्कालिन अध्यक्ष प्रकाश खतिवडालाई अध्यक्ष भनि कार्यक्रममा सम्बोधन गरेपछि संचारकर्मीहरुले असन्तुष्टि व्यक्त सो कार्यक्रम बहिष्कार गरेका हुन् ।
अविश्वासको प्रस्ताव दर्ता भएपछि त्यस सम्बन्धमा कुनै कारवाही नभएपछि विगत एक वर्षदेखी नेपाल पत्रकार महासंघ सप्तरीको कार्यालयमा तालाबन्दी जारि रहेको छ । त्यस विषयमा हालसम्म कुनै पक्षले चासो नदेखाई अविश्वासको प्रस्ताव दर्ता भएको व्यक्तिले मेरो गोरुको बाह्ै टक्का भन्दै तालाबन्दी खोल्न कुनै पहल समेत नगरेको संचारकर्मी बैद्यनाथ यादवले बताउनुभयो ।
उहाँले गत वर्ष मधेश आन्दोलनका क्रममा समेत अविश्वासको प्रस्ताव दर्ता भएका तत्कालिन अध्यक्ष खतिवडाले जिल्ला छोडी काठमाडौं गएको र आन्दोलन साम्यभएपछि मात्र जिल्ला प्रवेश गरेको व्यक्तिले आफ्नो जिम्मेवारीबाट पन्छिएको आरोप लगाउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ