News Category 2073/07/11
कात्तिक २६ देखी “राजविराज महोत्सव २०७३” हुने
दैनिक समाचारदाता
राजविराज, १० कात्तिक ।
आउँदो कात्तिक २६ गतेदेखी राजविराजस्थित रंगशालामा “राजविराज महोत्सव २०७३” हुन गइरहेको छ । राजविराजमा बुधबार पत्रकार सम्मेलनको आयोजना गरि महोत्सव तयारी बारेमा जानकारी दिइएको हो ।
माँ बैष्णव काली मन्दिर युवा समिति राजविराजद्वारा संचालन हुन गइरहेको उक्त महोत्सवमा कृषि प्रदर्शनी, अटोमोबाइल तथा आइटी, फुड स्टकल, इलेक्ट्रोनिक्स, गार्मेन्टस्, शैक्षिक तथा पर्यटन, देश तथा विदेशका विभिन्न व्यापारहरुको प्रदर्शनी, निशुल्क स्वास्थ्य शिविर, राष्ट्रिय तथा स्थानिय कलाकारहरुको मनोरन्जनात्मक प्रस्तुती रहने युवा समितिका अध्यक्ष रन्जित कुमार चौधरीले जानकारी दिनुभयो ।
यस्तै महोत्सव कात्तिक २६ देखी मंसिर ६ गतेसम्म संचालन हुने तथा सो महोत्सवमा एक सय वटा विभिन्न संस्थाहरुको स्टकलहरु राखिने आयोजक संस्थाका बिक्रान्त थापाले जानकारी दिनुभयो । उहाँले बिरगन्जबाट ५८ वटा तथा बाँकी सप्तरी तथा अन्य स्थानहरुबाट स्टल महोत्सवमा रहने जानकारी दिँदै १८ वटा स्टल बुक भइसकेको बताउनुभयो ।
सो पत्रकार सम्मेलनमा आयोजकका तर्फबाट ई. राकेश भगत, दिपक चौधरी, प्रमोद मण्डल लगायतका उपस्थिति रहेको थियो । राजविराजमा चार वर्षपछि महोत्सव हुनगइरहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ