News Category 2073/07/11
कात्तिक २६ देखी “राजविराज महोत्सव २०७३” हुने
दैनिक समाचारदाता
राजविराज, १० कात्तिक ।
आउँदो कात्तिक २६ गतेदेखी राजविराजस्थित रंगशालामा “राजविराज महोत्सव २०७३” हुन गइरहेको छ । राजविराजमा बुधबार पत्रकार सम्मेलनको आयोजना गरि महोत्सव तयारी बारेमा जानकारी दिइएको हो ।
माँ बैष्णव काली मन्दिर युवा समिति राजविराजद्वारा संचालन हुन गइरहेको उक्त महोत्सवमा कृषि प्रदर्शनी, अटोमोबाइल तथा आइटी, फुड स्टकल, इलेक्ट्रोनिक्स, गार्मेन्टस्, शैक्षिक तथा पर्यटन, देश तथा विदेशका विभिन्न व्यापारहरुको प्रदर्शनी, निशुल्क स्वास्थ्य शिविर, राष्ट्रिय तथा स्थानिय कलाकारहरुको मनोरन्जनात्मक प्रस्तुती रहने युवा समितिका अध्यक्ष रन्जित कुमार चौधरीले जानकारी दिनुभयो ।
यस्तै महोत्सव कात्तिक २६ देखी मंसिर ६ गतेसम्म संचालन हुने तथा सो महोत्सवमा एक सय वटा विभिन्न संस्थाहरुको स्टकलहरु राखिने आयोजक संस्थाका बिक्रान्त थापाले जानकारी दिनुभयो । उहाँले बिरगन्जबाट ५८ वटा तथा बाँकी सप्तरी तथा अन्य स्थानहरुबाट स्टल महोत्सवमा रहने जानकारी दिँदै १८ वटा स्टल बुक भइसकेको बताउनुभयो ।
सो पत्रकार सम्मेलनमा आयोजकका तर्फबाट ई. राकेश भगत, दिपक चौधरी, प्रमोद मण्डल लगायतका उपस्थिति रहेको थियो । राजविराजमा चार वर्षपछि महोत्सव हुनगइरहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/09 सप्तरीको चार वटै निर्वाचन क्षेत्रमा रोचक प्रतिष्पर्धा हुने
- 2082/10/09 क्षेत्र नं. ४ बाट दुई जनाले लिए उम्मेदवारी फिर्ता
- 2082/10/08 नगरपालिकाद्वारा विद्यार्थीलाई निःशुल्क पुस्तक प्रदान
- 2082/10/08 क्षेत्र नं. १ मा एकको उम्मेदवारी रद्द, २१ जनाको कायम
- 2082/10/08 डुबेर एक किशोरीको मृत्यु
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ