News Category 2073/07/12
गणपतिलाई एमपिएल दोश्रो संस्करणको उपाधी
दैनिक समाचारदाता
राजविराज, ११ कात्तिक ।
मधेश प्रिमियर लिगको दोश्रो संस्करणको उपाधी गणपति क्रिकेट टिमले हात पारेको छ । सो उपाधीसँगै गणपतिले नगद रु. १ लाख २० हजार समेत प्राप्त गरेको छ ।
राजबिराजमा बिहीबार सम्पन्न फाइनल खेलमा गणपति क्रिकेट टिमले मेसुलंका क्रिकेट टिम सप्तरीलाई ५ विकेटले पराजित गरेपछि सो उपाधी चुमेको हो ।
टस जितेर पहिले व्याटिंग गरेको मेसुले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएर १ सय २७ रन बनाएको थियो । जसमा बिधान गोस्वामी ३०, शेखर झा २६, राकेश कामैत १७ रनको योगदान दिएका थिए । ब्लिंगतर्फ गणपतिका दीपेन्द्र ऐरी ३, विजय भारती र मेहबुब आलमले २, २ विकेट लिएका थिए ।
१ सय २८ रनको लक्ष्य लिएर व्याटिंङ गर्न ओर्लेको गणपति १८ ओभर ३ बलमा पाँच विकेटको नोक्सानीमा उक्त लक्ष्य पूरा गरेको थियो । उसका लागि अमल दास ४७, राजेश सिंह २१, मेहबुब आलम अविजित २० रन बनाएका थिए । बलिंङतर्फ मेसुका रबिन सिंह र बिटु कुमार २, २, दलजीत कुमारले एक विकेट लिएका थिए । खेलको म्यान अफ द म्याच अमल दास घोषित भए ।
प्रतियोगितामा म्यान अफ द सिरिज गणपतिका विजयी भारती, गणपतिकै अमल दास बेस्ट ब्याटसम्यान र गणपतिकै दिपेन्द्र ऐरी बेस्ट बलर घोषित भए ।
प्रतियोगिताको समापनपछि आयोजित कार्यक्रममा सद्भावना पार्टीका अध्ययक्ष राजेन्द्र महतोले कप, मेडल, पुरस्कार र प्रमाण पत्र बितरण गर्नुभएको थियो । उक्त समापन कार्यक्रममा बरिष्ठ राजनीतिज्ञ खुशिलाल मण्डल, सद्भावना पार्टीका केन्द्रिय वरिष्ठ उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादव, उपाध्यक्ष नवलकिशोर साह, संघिय समाजवादी फोरम नेपालका केन्द्रिय उपाध्यक्ष रेणु कुमारी यादव, केन्द्रिय सदस्य शैलेन्द्र साह, रामसपाका राष्ट्रिय उपाध्यक्ष शेखर कुमार सिंह, राष्ट्रिय सचिव गजेन्द्र कुमार मण्डल सहित विभिन्न मधेशवादी दलका केन्द्रिय स्तरका नेता, जिल्ला स्तरीय नेता, समाजसेवि, उद्योगी, व्यापारी, प्रतियोगितामा सहयोग गर्ने विभिन्न ब्यक्ति तथा संघ संस्थाका प्रतिनिधि, चिकित्सक, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
यस्तै प्रतियोगिताको समापन कार्यक्रममा आयोजकले एमपिएलको तेश्रो संस्करण राजविराजमै हुने जानकारी दिँदै उक्त प्रतियोगितामा प्रथम हुने टिमलाई २ लाख ५० हजार पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ