News Category 2073/07/14
बस्तीलाई मिसाएर पनि सीमांकन विवाद टुंग्याउनुपर्छ ः महतो
राजविराज÷सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले पाँच जिल्लाका पहाडी वस्तीलाई पहाडमा र मधेसी वस्तीलाई मधेसमा मिसाएर भए पनि सीमांकनको विवाद टुंग्याउनुपर्ने बताउनु भएको छ ।
प्रेस मंच सप्तरीद्वारा शनिबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष महतोले आइतबार सरकार र मधेसी मोर्चाबीच हुने औपचारिक वार्ता पनि यही विषयमा केन्द्रित हुने बताउनुभयो ।
उहाँले झापादेखि नारायणी नदीसम्म मधेस र नवलपरासीदेखि कञ्चनपुरसम्म थरुहट प्रदेश आफूहरुको वार्ताको एजेन्डा रहेको बताउँदै तराईमधेसका पाँच जिल्लाबाहेक अन्य जिल्लालाई मधेस प्रदेशमै राख्न प्रमुख तीन दलका नेताहरु तयार भएको बताउनुभयो ।
यी पाँच जिल्लाका बासिन्दा मधेस प्रदेशमा जान चाहँदैनन् भन्ने भ्रम फैलाइएको बताउँदै महतोले यो भ्रम चिर्न पाँच जिल्लामा बसोबास गर्ने मधेसी र थारुसँग जुनसुकै माध्यमबाट सोध्नुपर्ने बताउनुभयो । होइन भने राज्य पुर्नसंरचना आयोगको प्रतिवेदनलाई मान्न सरकारलाई सुझाव समेत दिनुभयो ।
अर्को प्रसङ्गमा महतोले दस वर्षयता विभिन्न परिवर्तनका लागि मुलुकमा भएका आन्दोलनको उपलब्धि तुहिने खतरा बढिरहेकोले जतिसक्दो चाँडो सिमांकन विवाद मिलाएर अघि बढ्न मुख्य दललाई तयार हुनुपर्ने सुझाव दिनुभयो । उहाँले संविधान कार्यान्वयन नभए मुलुक गम्भिर संकटमा फस्ने बताउँदै परिवर्तनका लागि भएका आन्दोलनहरुका उपलब्धि रक्षा गर्न पनि संविधान कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले छठभित्र संविधान संशोधन प्रस्ताव संसदमा पेश नभए मोर्चाको बैठक बसेर आन्दोलनको कार्यक्रम सार्वजनिक गरिने बताउनुभयो ।
प्रेस मञ्चका जिल्ला अध्यक्ष शुभचन्द्र झाको अध्यक्षतामा आयोजित सो पत्रकार सम्मेलनमा सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादव, जिल्ला अध्यक्ष सुनिल झा, विद्यार्थी मञ्चका केन्द्रिय अध्यक्ष किशोर यादव, पार्टीका केन्द्रिय सदस्य अमरनाथ मण्डल, क्षेत्रिय अध्यक्ष लक्ष्मण यादव लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ