News Category 2073/07/14
एउटा मन्दिरमा दुई समिति उपसभामुखले छोरालाई अध्यक्ष बनाएको आरोप
राजविराज÷सप्तरीको हनुमाननगर योगनीमाई नगरपालिकास्थित जोगिनीमाई मन्दिर सेवा समितिमा एउटा समिति हुँदा हुँदै उपसभामुख गंगाप्रसाद यादवले आफ्नो छोराको अध्यक्षतामा पुनः अर्को समिति निर्माण गरिएको आराप लगाइएको छ ।
श्री श्री श्र १०८ जोगिनीमाई मन्दिर सेवा समितिका अध्यक्ष सुशिल कुमार यादवले शनिबार एक प्रेस विज्ञप्ति जारि गर्दै उक्त आरोप लगाउनु भएको छ ।
जारि विज्ञप्तिमा पुरानो समिति २०६२÷७÷१ गते दर्ता भई मन्दिरको कार्यक्रम संचालन भई रहेको अवस्थामा उपसभामुख यादवले आफ्ना छोरालाई अध्यक्ष रहने गरी नगरपालिकाका प्रमुख भागवत महतोलाई प्रलोभन र दवावमा पारी सिफारिस लिएर जिल्ला प्रशासन कार्यालयमा दर्ता गराएको आरोप लगाइएको छ ।
पत्रिकामा समेत गोप्य सूचना प्रकाशित गरी उपसभामुख यादवले उक्त समिति दर्ता गराइएको आरोप लगाउँदै विज्ञप्तिमा भनिएको छ, “प्र.जि.अ. समक्ष उजुरी दिंदा प्र.जि.अ.ले पत्राचार गरी बोलाउँदा समेत उप सभामुखका छोरा उपस्थित नभई कानून विपरित कामहरु गर्न उपसभामुखले सहयोग गरी राखेका छन् ।”
यसैगरि विद्यालयको पुरानो जस्ता पाता मन्दिरमा रहेका बाबाजीलाई दिने निर्णय भए पनि उपसभामुखले आफ्नो घरमा लगी राखेको थप आरोप लगाउँदै सो विषयमा जिल्ला शिक्षा कार्यालय र जिल्ला प्रशासन कार्यालयमा समेत उजुरी गर्दा हालसम्म जस्तापाता विद्यालय नपु¥याई आफ्नो घरमा राखी रहेको विज्ञप्तिमा जनाइएको छ । यस्तै जोगिनी पोखरी मर्मतमा समेत उपसभामुखले ३२ लाख संसदकोषको रकम भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।
साथै विज्ञप्तिमा अर्को समिति बदर गर्न र भ्रष्टाचार सम्बन्धि छानविन गर्न माग गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ