News Category 2073/07/19
सवारी दुर्घटनामा ६ को मृत्यु, पाँच घाइते
दैनिक समाचारदाता
राजविराज, १८ कात्तिक ।
पूर्वका विभिन्न जिल्लामा बुधबार भएको सवारी दुर्घटनामा ६ जनाको जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
सुनसरीको मधेसा ९ मा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ४ ख ५०७६ नम्बरको माईक्रो बसको ठक्करबाट को १ प ८३६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार नाम थर वतन खुल्न नसकेका एक पुरुष र एक महिलाको मृत्यु भएको छ ।
ठक्करबाट गम्भिर घाइते भएका दुवैजनालाई जिल्ला अस्पताल सुनसरी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ । दुर्घटनामा माइक्रोका चालक सिन्धुली पुरानो झागझोली २ बस्ने २८ बर्षिय सुरेस खड्का समेत घाईते भएका छन् । उनको ईनरुवामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
यता सुनसरीकै मधेली ३ स्थित भित्री सडक खण्डमा अल्फाबेट नखुलेको ४७३० नम्बरको मोटरसाइकलकको ठक्करबाट सोही ठाउँका सिमल शर्माको १० बर्षिय छोरा रावल शर्मा घाइते भएका छन् । घाइते बालकको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने ठक्कर दिने मोटरसाइकलका चालक फरार रहेकाले खोजी कार्य भइरहेको अस्थायि प्रहरी पोष्ट चाँदबेलाले जनाएको छ ।
यस्तै मोरङको ईटहरा ४ ईटहरा स्थीत भित्री सडकमा को १ च ५५६५ नम्बरको मारुती भ्यान र को ७ प ५७०८ नम्बरको मोटरसाइकलले ठेलालाई ठक्कर दिँदा मोटरसाइकल चालक मोरङ ईटहरा २ बस्ने १८ बर्षिय क्लीनडन बिष्ट र पछाडी सवार काठमाण्डौ पेप्सीकोला बस्ने २६ बर्षिय राजु थापाको मृत्यु भएको छ ।
दुर्घटनाम घाइते दुवैलाई उपचारको लागी न्युरो अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ईटहरा २ बस्ने २२ बर्षिय प्रकाश राई र ठेला चालक ईटहरा ३ बस्ने २१ बर्षिय सुजन न्यौपाने समेत घाईते भएकाले राइको न्युरो अस्पताल विराटनगरमा र न्यौपानेको अरनिको अस्पताल उर्लाबारीमा उपचार भइरहेको छ । यता भ्यानका चालकलाई प्रहरी चौकी ईटहराले नियन्त्रणमा लिएको छ ।
यसैगरि सिरहाको चन्द्रअयोध्यापुर १ स्थित पुरानो टोलमा स १ त ४१०० नम्बरको
ट्रयाक्टरको ठक्करबाट सोही ठाउँका घुस्का सदाको ६ बर्षिय छोरा कमलेश सदाको मृत्यु भएको छ । बेलुका ७ बजेतिर ठक्करबाट गम्भिर घाइते भएका बालकको सप्तऋषी अस्पताल लहान लाजाने क्रममा बाटोमा मृत्यु भएको हो । ठक्कर दिने ट्याक्टरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनकुटा नगरपालिका १५ स्थित तमोर नदीको पुल नजिकै मंगलबार को २६ प ५१७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पुलको बारमा ठोक्किदा मोटरसाइकलको पछाडी सवार १४ बर्षिय बालिका वेरना राईको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक बुढीमोरङ ८ बस्ने २३ बर्षिय साजन राई गम्भिर घाइते भएका छन् । घाइते राईको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ भने बालिकाको भारतको सिलगडीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सप्तरीको राजबिराज ३ स्थित हनुमाननगर सडक खण्डमा स१प ४४१० नम्बरको मोटरसाइकलले ठक्कर दिदाँ पैदलयात्री बभनगामाकट्टी ३ बस्ने बर्ष ५५ को बद्री झा घाइते भएका छन् । घाइते झाको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने मोटरसाइकलका चालकलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले नियन्त्रणमा लिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ