News Category 2073/07/19
सवारी दुर्घटनामा ६ को मृत्यु, पाँच घाइते
दैनिक समाचारदाता
राजविराज, १८ कात्तिक ।
पूर्वका विभिन्न जिल्लामा बुधबार भएको सवारी दुर्घटनामा ६ जनाको जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
सुनसरीको मधेसा ९ मा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ४ ख ५०७६ नम्बरको माईक्रो बसको ठक्करबाट को १ प ८३६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार नाम थर वतन खुल्न नसकेका एक पुरुष र एक महिलाको मृत्यु भएको छ ।
ठक्करबाट गम्भिर घाइते भएका दुवैजनालाई जिल्ला अस्पताल सुनसरी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ । दुर्घटनामा माइक्रोका चालक सिन्धुली पुरानो झागझोली २ बस्ने २८ बर्षिय सुरेस खड्का समेत घाईते भएका छन् । उनको ईनरुवामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
यता सुनसरीकै मधेली ३ स्थित भित्री सडक खण्डमा अल्फाबेट नखुलेको ४७३० नम्बरको मोटरसाइकलकको ठक्करबाट सोही ठाउँका सिमल शर्माको १० बर्षिय छोरा रावल शर्मा घाइते भएका छन् । घाइते बालकको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने ठक्कर दिने मोटरसाइकलका चालक फरार रहेकाले खोजी कार्य भइरहेको अस्थायि प्रहरी पोष्ट चाँदबेलाले जनाएको छ ।
यस्तै मोरङको ईटहरा ४ ईटहरा स्थीत भित्री सडकमा को १ च ५५६५ नम्बरको मारुती भ्यान र को ७ प ५७०८ नम्बरको मोटरसाइकलले ठेलालाई ठक्कर दिँदा मोटरसाइकल चालक मोरङ ईटहरा २ बस्ने १८ बर्षिय क्लीनडन बिष्ट र पछाडी सवार काठमाण्डौ पेप्सीकोला बस्ने २६ बर्षिय राजु थापाको मृत्यु भएको छ ।
दुर्घटनाम घाइते दुवैलाई उपचारको लागी न्युरो अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ईटहरा २ बस्ने २२ बर्षिय प्रकाश राई र ठेला चालक ईटहरा ३ बस्ने २१ बर्षिय सुजन न्यौपाने समेत घाईते भएकाले राइको न्युरो अस्पताल विराटनगरमा र न्यौपानेको अरनिको अस्पताल उर्लाबारीमा उपचार भइरहेको छ । यता भ्यानका चालकलाई प्रहरी चौकी ईटहराले नियन्त्रणमा लिएको छ ।
यसैगरि सिरहाको चन्द्रअयोध्यापुर १ स्थित पुरानो टोलमा स १ त ४१०० नम्बरको
ट्रयाक्टरको ठक्करबाट सोही ठाउँका घुस्का सदाको ६ बर्षिय छोरा कमलेश सदाको मृत्यु भएको छ । बेलुका ७ बजेतिर ठक्करबाट गम्भिर घाइते भएका बालकको सप्तऋषी अस्पताल लहान लाजाने क्रममा बाटोमा मृत्यु भएको हो । ठक्कर दिने ट्याक्टरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनकुटा नगरपालिका १५ स्थित तमोर नदीको पुल नजिकै मंगलबार को २६ प ५१७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पुलको बारमा ठोक्किदा मोटरसाइकलको पछाडी सवार १४ बर्षिय बालिका वेरना राईको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक बुढीमोरङ ८ बस्ने २३ बर्षिय साजन राई गम्भिर घाइते भएका छन् । घाइते राईको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ भने बालिकाको भारतको सिलगडीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सप्तरीको राजबिराज ३ स्थित हनुमाननगर सडक खण्डमा स१प ४४१० नम्बरको मोटरसाइकलले ठक्कर दिदाँ पैदलयात्री बभनगामाकट्टी ३ बस्ने बर्ष ५५ को बद्री झा घाइते भएका छन् । घाइते झाको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने मोटरसाइकलका चालकलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले नियन्त्रणमा लिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/26 मधेश प्रदेशका ८ वटै पत्रकार महासंघका लागि प्रदेश सरकारले बजेट बिनियोजन गर्दै
- 2082/02/25 कार्यवाहक मेयर र निलम्बित मेयर आमने सामने राजविराज नगरपालिकामा कर्मचारीको धर्ना र निलम्बित मेयरको तालाबन्दी
- 2082/02/24 अस्पतालबाट स्वास्थ्य विमाको लाभ पाउँदैनन् बिरामी
- 2082/02/24 संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
- 2082/02/24 आम संचार प्राधिकरणका नवनियुक्त सदस्य गुप्ता युनियन सप्तरीद्वारा सम्मानित
- 2082/02/23 प्रशासकीय र योजना अधिकृतलाई कारवाहीसहित विभिन्न ११ बुदे माग राख्दै कर्मचारी आन्दोलनमा
- 2082/02/23 परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको ट्याक्टरको ठक्करबाट मृत्यु
- 2082/02/23 वेपत्ता दुई मध्ये एक प्रहरीको शव फेला
- 2082/02/23 विद्यालयका छात्राहरुलाई व्याग वितरण
- 2082/02/23 अनुमति बिना संचालनमा रहेका दुई निजि विद्यालय बन्द
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ