News Category 2073/07/23
चोरीको सामानसहित दुई पक्राउ
दैनिक समाचारदाता
राजविराज, २२ कात्तिक ।
राजबिराज नगरपालिका वडा नं ७ निवासी दिपेन्द्र कुमार यादवको घरबाट आइतबार चोरी भएको विभिन्न सामानसहित दुई जनालाई चोरीमा संलग्न रहेकोमा प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले चोरीको घटनामा संलग्न रहेका राजविराज ७ निवासी संगित मेहतर र सप्तरीको इटहरी विष्णुपुर गाविस ८ निवासी बेचन रामलाई सुन चादीका बिभिन्न गरगहना र नगद सहित पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका दुबै जनाको साथबाट सुनको शिरबन्दी एक थान, सुनको औठी एक थान, चादीको बिच्चीया एक थान र चादीको ढीक्का दुई थान तथा नगद ३ हजार ३ सय ९५ रुपैया समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक दान बहादुर कार्कीले जानकारी दिनुभयो ।
उनीहरु दुबै जनलाई सोमबारै चोरी मुद्दा अन्तर्गत म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ