News Category 2073/07/24
सडक निर्माण संघर्ष समितिद्वारा एलडिओलाई ज्ञापन
दैनिक समाचारदाता
राजविराज, २३ कात्तिक ।
सप्तरीको भारदह पोर्ताहा डाढा पकरी राजविराज सडक निर्माण संघर्ष समितिले मंगलबार स्थानीय विकास अधिकारी समक्ष सडक निर्माणको लागि ज्ञापन पत्र बुझाएको छ ।
सो सडक खण्ड मर्मत सम्भारका लागि बारम्बार जिल्ला प्रशासन कार्यालय, जिविस लगायतका सम्बन्धित निकायमा ज्ञापन पत्र बुझाउँदा पनि सम्बन्धित निकाय मौन रहेको भन्दै सो सडक अविलम्व मर्मत सम्भारका लागि जिविसका स्थानीय विकास अधिकारी समक्ष ज्ञापन पत्र बुझाएका हुन ।
संघर्ष समितिका संयोजक जयसुन्दर खिडहरिद्वारा बुझाईएको ज्ञापन पत्रमा जिविसले छुट्याईएको रकमको बारेमा सम्बन्धित निकायले आलटाल गर्दै आएको तथा संघर्ष समितिले पटक पटक जानकारी गराउँदा पनि हालसम्म सो जिर्ण सडक मर्मत सम्भारको कार्य शुरु नभएको भन्दै सो विरुद्ध कडा आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ ।
जिविसले आफुहरुको माग अनुसारको कागजात उपलब्ध गराउनुपर्ने, ह्युम पाइप राखिएको स्थानमा तत्काल नदेखाएमा संघर्ष समितिले आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।
यता जिल्ला विकास समिति सप्तरीले आर्थिक वर्ष २०७२÷०७३ मा भारदह डाढा पकरी सडक खण्ड ममर््त सम्भारको लागि ७ लाख रकम विनियोजित गरेको तथा सो मुल्य बराबरको कामकाज भईसकेको जनाईएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ