News Category 2073/07/24
खुल्ला ठाउँमा दिसा पिसाव फेर्ने आधा दर्जन ब्यक्तिहरुलाई जरिवाना
दैनिक समाचारदाता
राजविराज, २३ कात्तिक ।
सप्तरीको पातो गाविसमा खुल्ला ठाउँमा दिसा पिसाव फेर्ने आधा दर्जन ब्यक्तिहरुलाई जरिवाना वापत दिसा छोपाउनुको साथै कान समाउनु परेको छ ।
जिएसएफ र युएनह्याविटाटको सहयोग तथा सबल नेपाल राजविराजद्वारा संचालित खुल्ला दिसा मुक्त अभियान कार्यक्रम अन्तर्गत पातोबासीको शान, खुल्ला दिसा मुक्त अभियान भन्ने मुल नाराका साथ पातो गाविसमा एक घर एक चर्पी निर्माण कार्यको अभियान तिव्र रुपमा भईरहेको छ ।
सोही क्रममा गाविस स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति पातोको अगुवाईमा सबल नेपालको टिमद्वारा दबाब मुलक कार्यक्रम अन्तर्गत बाहिर दिसा गर्ने पातो गाविस ३ का भागवत साह, रामलखन सदा, सेम्रिका देवी मण्डल, झुटकी गाविस कजरा टोलका चन्द्रदेव यादव, रामअवतार यादव सहितलाई अबदेखि बाहिर दिसा पिसाव नफेर्ने शर्तमा जरिवाना स्वरुप कान समातन लगाएको पातो गाविसका सचिव तथा अध्यक्ष बिनोद कुमार ठाकुरले जानकारी दिनुभयो ।
सचिव ठाकुरका अनुसार पातो गाविसमा एक घर एक चर्पी निर्माण कार्य तिव्र रुपमा भईरहेको तथा अन्तिम दबाबमुलक कार्यक्रम अन्तर्गत सिटी बजाउने कार्यक्रम संचालन भईरहेको बताउनुभयो ।
सबल नेपालले एक घर एक चर्पी निर्माणका लागि त्यस क्षेत्रका पातो, औरही, भुतही, गम्हरीया प्रवाहा, नर्घो, झुटकी, बनैनियाँ, सिम्रहा सिग्यौन, कोचाबखारी, छिन्नमस्ता, मलेकपुर लगायतका गाविसहरुमा सरसफाई अभियानलाई तिव्र पारिएको सबल नेपालका फिल्ड अफिसर शुभ नारायण यादवले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ