News Category 2073/07/25
भारु पाँचसय र हजारको नोटमा रोकले नेपाली बजार पनि प्रभावित
दैनिक समाचारदाता
राजविराज, २४ कात्तिक ।
खुल्ला सीमानाका कारण नेपालमा भारतीय नोट भित्रिरहेको अवस्थामा भारत सरकारले मंगलबार मध्य रातीदेखी ५ सय र एक हजार भारतीय नोटको कारोबारमा रोक लगाएपछि अहिले नेपाली बजार समेत प्रभावित भएको छ ।
भारत सरकारले पाँचसय÷हजारको नोटको चलनचल्तीमा रोक लगाएपछि दुबै मुलुकका सीमावर्ती बजारमा यसको प्रत्यक्ष प्रभाव परेको छ । सीमावर्ती बजारमा पाँचसय÷हजार नोटको चलनचल्तीमा रोक लागेपछि बजार सुनसान अवस्थामा पुगेको छ ।
भारतीय नोटको कारोबारमा संलग्न मनिचेन्जर, अवैध कारोबार गर्नेहरू, भारतीय नोट सङ्कलन गरी बढी मूल्यमा बिक्री गर्नेबीच यतिखेर खैलाबैला मच्चिएको छ । ती कारोबारीहरुले भारतीय एक सयको नोटमा ३ देखी ६ रुँपैयासम्म बढी रकम लिएर नेपाली रकम दिने कारोबारमा एक्कासी ब्रेक लागेको छ ।
यता सीमावर्ती क्षेत्रमा नेपाली बासिन्दालाई भारततर्फ आवतजावत गर्नका लागि जोहो गरेर राखेका भारु पाँचसय र हजारका नोटको चलनचल्तीमा रोक लागेपछि उनीहरू बिच्चलीमा परेका छन् ।
भारत सरकारले आफ्नो जनतालाई डिसेम्बर ३० तारेखसम्म ५० दिनको अवधीसम्ममा पाँचसय÷एक हजारको नोट बैंकहरुबाट साटासाट गर्ने सेवा प्रदान गरेको छ भने सो अवधीमा समेत नोट साट्न सकिएन भने भारतीय रिजर्भ बैंकबाट सन् २०१७ को मार्च महिनासम्म सो बैंकमा बुझाएर नोट साट्ने बाटो खुल्ला राखेको छ ।
यता नेपाली जनतासँग रहेको भारतीय पाँचसय÷एक हजारको नोट साटासाट गर्ने उपायप्रति हालसम्म राष्ट्र बैंकले कुनै योजना नबनाएपछि नेपाली जनता आक्रोसित भएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ