News Category 2073/07/25
लेखीलाई एक वर्षसम्म थाकसको कार्यक्रममा समावेश नगराउने निर्णय
दैनिक समाचारदाता
राजविराज, २४ कात्तिक ।
थारु कल्याणकारिणी सभा सप्तरीद्वारा राष्ट्रिय प्रशिक्षण बिभाग प्रमुख तथा आदिबासी जनजाती महासंघका पुर्व केन्द्रिय अध्यक्ष राज कुमार लेखीलाई बहिष्कार गर्ने निर्णय गरेको छ । सप्तरीको जण्डौलस्थित थारु भिलेज रिर्सोटमा मंगलबार बसेको जिल्ला समितीको पुर्ण बैठकले लेखीलाई एक बर्षको लागी बहिष्कार गर्ने निर्णय गरेको हो ।
थारु कल्याणकारिणी सभा सप्तरीद्वारा बुधबार जारी प्रेस बिज्ञाप्ती अनुसार लेखीले हालै सप्तरीको जण्डोलमा कात्तिक १८ देखी २० गते सम्म तीन दिनको लागी तय भएको राष्ट्रिय प्रशिक्षण कार्यक्रम दुई दिनमा समाप्त गरी संगठनको साख गिराउने कार्य गरेको आरोप लगाएको छ ।
विज्ञप्तिमा पूर्व सहमती अनुसर कार्यक्रममा भएको खर्च बिबरण सार्बाजानिक नगरी जिल्ला कार्य समितीलाई हिसाब दिन आवश्यक छैन, भनी बैठक नै नगरी लेखी गएको उल्लेख छ ।
थारु कल्याण कारिणी सभा जस्तो गौरवशाली संगठनको केन्द्रिय प्रशिक्षण बिभाग प्रमुख जस्तो गरिमामय पदमा बसी संगठनको नीति कार्यक्रम र आचारण बिपरित कार्य गरी संगठनलाई कमजोर पारी थारु समुदायको मनोबल गिराउने षडयन्त्र गरेकोले एक बर्षका लागी लेखीलाई बहिष्कार गरी सप्तरीमा हुने थाकसको कुनै किसिमको कार्यक्रममा समाबेश नगराउने निर्णय भएको बिज्ञाप्तीमा उल्लेख छ ।
थारु कल्याण कारिणी सभा सप्तरीका अध्यक्ष अरुण कुमार चौधरीको अध्यक्षतामा सम्पन्न बैठकमा केन्द्रिय सदस्य उचित नारायण चौधरी, पुर्ब केन्द्रिय सल्लाहकार बौली चौधरी लगायतका बिशिष्ट ब्यक्तिहरुको समेत उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/09 सप्तरीको चार वटै निर्वाचन क्षेत्रमा रोचक प्रतिष्पर्धा हुने
- 2082/10/09 क्षेत्र नं. ४ बाट दुई जनाले लिए उम्मेदवारी फिर्ता
- 2082/10/08 नगरपालिकाद्वारा विद्यार्थीलाई निःशुल्क पुस्तक प्रदान
- 2082/10/08 क्षेत्र नं. १ मा एकको उम्मेदवारी रद्द, २१ जनाको कायम
- 2082/10/08 डुबेर एक किशोरीको मृत्यु
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ