News Category 2073/07/27
साँसद यादवले “जनतासँग साँसद” अभियान सुरु गर्ने
दैनिक समाचारदाता
राजविराज, २६ कात्तिक ।
सप्तरी क्षेत्र नं ३ का साँसद एवं निवर्तमान सिंचाई मन्त्रि उमेश कुमार यादवले मंसिर १ गतेदेखी “जनतासँग साँसद” अभियान संचालन गर्ने जानकारी दिनु भएको छ ।
प्रेस सेन्टर सप्तरीले शुक्रबार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिँदै साँसद यादवले जिल्लाको विकास, समस्या, गुनासो, जिज्ञासा र समस्याको समाधान लगायत विषयमा जनतामाँझ जाने उद्देश्यले अभियान संचालन गर्न लागेको बताउनुभयो ।
उहाँले अभियान अन्तरगत सप्तरी क्षेत्र नं. ३ का जनताहरुको घरघरमा गएर उनीहरु गुनासो, सुझाव, समाधान लगायतका कुराहरु सुन्ने र त्यसलाई कार्यानवयन गर्नेतर्फ अग्रसर हुने बताउँदै मंसिर १ गतेदेखी फागुन मसान्तसम्म अभियान संचालन हुने जानकारी दिनुभयो ।
सो अवधीमा जनताले दिएको सुझाव तथा जिल्लाको विकासका मुख्य मागहरु बारे पुस १ देखी हस्ताक्षर अभियान समेत संचालन गरिने उल्लेख गर्नुभयो । त्यस्तै मागहरु बारे प्रमुख जिल्ला अधिकारी, स्थानिय विकास अधिकारी तथा प्र्र्र्र्र्रधानमन्त्री समक्ष ज्ञापन पत्र पनि बुझाउने कार्यक्रम रहेको बताउनुभयो ।
त्यसैगरि माघ २ गतेदेखी विकासीय कार्यका लागि आन्दोलन समेत सुरु गर्ने तर, आन्दोलनको स्वरुप शान्तिपूर्ण हुने जसमा अनसन लगायत रहेको जिकिर गर्नुभयो । यस्तै उहाँले अभियान अन्तरगत ५० हजार निम र अमालाको बोट २५ हजार घरधुरीलाई प्रदान समेत गर्ने उदघोष गर्नुभयो ।
यस्तै एक अर्को प्रसङ्गमा साँसद यादवले निलम्बित अख्तियार प्रमुख लोकमान सिंह कार्कीले समानान्तर सरकार चलाउन खोजेको आरोप लगाउँदै कार्कीको हरेक सरकारी निकायमा हस्तक्षेप समेत बढेको दाबी गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ