News Category 2073/07/27
“सार्वजनिक सुनुवाई की भाषणको थलो”
दैनिक समाचारदाता
राजविराज, २६ कात्तिक ।
जिल्ला विकास समिति सप्तरीको सहयोग तथा संचार यात्रा नेपालको आयोजना शुक्रबार राजविराजमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
संचार यात्रा नेपालका सल्लाहकार ब्याश शंकर उपाध्यायको अध्यक्षता तथा स्थानीय विकास अधिकारी सुदेव प्रसाद पोखरेलको प्रमुख आतिथ्यमा आयोजित सो सार्वजनिक सुनुवाई कार्यक्रममा जिल्लाका सरकारी कार्यालयहरुको प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागि बक्ताहरुले कार्यालयमा हुने गरेको विभिन्न खाले अनियमितता, भ्रष्टाचार, गुनासो, जिज्ञासा भन्दा पनि आ–आफनो मन्तव्यमा बढी भाषण नै गरेर समय ब्यतित गरेका थिए ।
कार्यक्रममा पत्रकार वैद्यनाथ यादव, हेमशंकर सिंह, हुर्क नेपालका अध्यक्ष पार्थो सरकार, युवा समितिका मोहन कुमार यादव, भुपेन्द्र मण्डल, सदुभावनाका केन्द्रिय सदस्यद्वय दिपेन्द्र चौध्री, विशेश्वर रजक लगायतका बक्ताहरुले विकासीय कार्यालयहरुमा भईरहेको भ्रष्टाचार, अनियमितता, अपार्दिशता, सुचना प्रवाह नहुनु, गैर कानुनी नियुक्ति प्रक्रिया लगायतका बिषयको उचित छानबिन हुनुपर्ने माग गर्नुभयो ।
यसैगरी कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला शिक्षा कार्यालय, जिल्ला वन कार्यालय, जिल्ला हुलाक कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, नेपाल विद्युत प्राधिकरण, गैर सहकारी संस्था महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी लगायतले जनताको गुनासो बारे जवाफ दिनुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ