News Category 2073/07/28
विद्यापति स्मृति पर्वको अवसरमा झाँकी प्रदर्शन तथा सम्मान कार्यक्रम
राजविराज÷मैथिली भाषाका महाकवि विद्यापति स्मृति पर्वको अवसरमा शनिवार राजविराजमा झाँकी प्रदर्शन गर्नुका साथै आयोजित एक कार्यक्रममा तीन जनालाई पुरस्कृत गरिएको छ ।
विद्यापति स्मृति पर्व समारोहका अवसरमा परिषद्द्वारा पब्लिक विन्देश्वरी उच्च माध्यमिक विद्यालय प्राङ्गणबाट विद्यापति, जानकी, जनक, नेपाल आमासहितको झाँकी निकालिएको थियो ।
उक्त झाँकी राजविराज नगरपालिकाको विभिन्न भाग परिक्रमा गरेको थियो । झाँकीमा मिथिला क्षेत्रको परम्परागत लोकबाजा ढोल–पिपहीको प्रदर्शन समेत गरिएको थियो । कार्यक्रममा शिव ईन्टरनेशल सेकेण्ड्री बोर्डिङ्ग स्कूलका छात्रछात्राको उल्लेख्य सहभागिता रहेको थियो ।
यस्तै मैथिली साहित्य परिषद्को आयोजना आयोजित कार्यक्रममा मैथिली साहित्य परिषद्का पूर्व अध्यक्ष समेत रहेका मिथिला साप्ताहिकका सम्पादक प्रा. जनआनन्द मिश्र र अन्तर्राष्ट्रिय मैथिली परिषद् नेपालकी अध्यक्ष समेत रहेकी साहित्यकार करुणा झालाई शिवदत्त स्मृति मैथिली पुरस्कार प्रदान गरिएको छ ।
साथै दर्जनौ मैथिली फिल्म, टेलिसिरियल तथा एल्बमहरुमा मुख्य भूमिका निभाईसकेकी नायिका डोली सरकारलाई विजेन्द्र विनोद मैथिली कला पुरस्कारबाट पुरस्कृत गरिएको छ । मिश्र र झालाई जनही नगद पाँच हजार पाँच रुपैयाँ तथा सम्मानपत्रद्वारा पुरस्कृत गरिएको छ । नायिका सरकारलाई नगद एक हजार पाँच सय तथा सम्मान–पत्रद्वारा पुरस्कृत गरिएको छ ।
यसैगरी शिव ईन्टरनेशनल बोर्डिङ्ग सेकेण्ड्री स्कूललाई संस्थागत मैथिली सम्मानबाट सम्मानित गरिएको छ । उक्त पुरस्कार विद्यालयका प्रिन्सिपल नरेशप्रताप साहले ग्रहण गर्नुभएको थियो । मैथिली विकिपिडियाका सम्पादक विप्लव आनन्दलाई श्रृजनशील युवा मैथिली सम्मान प्रदान गरिएको छ । यस्तै मिथिला साप्ताहिक प्रमुख वितरक किशोर झालाई मैथिली सेवा सम्मान प्रदान गरिएको छ । पुरस्कृत व्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व सभासद् शिवचन्द्र मिश्रले पुरस्कार प्रदान गर्नुभयो ।
मैथिली साहित्य परिषद्का अध्यक्ष शुभचन्द्र झाको अध्यक्षतामा आयोजित समारोहमा परिषद्का पूर्व अध्यक्ष समेत रहेका मैथिल महासंघ नेपालका अध्यक्ष विष्णु कुमार मण्डल, परिषद्का अध्यक्षहरु देवेन्द्र मिश्र, विवेकानन्द मिश्र, यादव, मैथिल महिला परिषद्की संस्थापक अध्यक्ष मीना ठाकुर, प्रा. अशोक कुमार झा, मैथिली पत्रकार परिषद्का अध्यक्ष जितेन्द्र कुमार झा ‘जितु’, सेवा समितिका अध्यक्ष ई. प्रयाग यादव, अमात कल्याण समाजका सचिव गयाधर मण्डल, कवि सत्येन्द्रनाथ चौधरी, गायिका कञ्चन झा, उपाध्यक्ष सतिश कुमार दत्त, सचिव श्यामसुन्दर यादवलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/02 जेनजी आन्दोलनका क्रममा सहिद भएकाहरुको सम्मानमा दिप प्रज्वलन
- 2082/05/31 सबै जुटे सरसफाईमा
- 2082/05/31 जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार
- 2082/05/31 मैथिल महिलाद्वारा श्रद्धाञ्जली व्यक्त
- 2082/05/30 प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
- 2082/05/30 फोहर व्यवस्थापनका लागि नगरपालिकाले विशेष सरसफाई अभियान चलाउने
- 2082/05/30 डिभाईडरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
- 2082/05/29 राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
- 2082/05/29 कारागार क्षेत्रमा कफ्र्यु आदेश
- 2082/05/29 राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह स्थगन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ