News Category 2073/07/28
चालु आर्थिक बर्षभित्र राजविराजमा राजस्व कार्यालय स्थापना हुने
राजविराज÷राजस्व विभागका सचिव राजन खनालले सप्तरीवासिलाई राजस्व तिर्न भइरहेको समस्यालाई मनन् गर्दै चाल् आर्थिक बर्षभित्र राजविराजमा राजस्व कार्यालयको स्थापना हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
सप्तरी उद्योग बाणिज्य सघले शनिबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै खनालले सो प्रतिबद्धता व्यक्त गर्दै राजस्वको छली नगर्न भन्दै देशको विकासमा जुट्न सबैलाई आग्रह समेत गर्नुभयो ।
उहाँले जिल्लाको बिभिन्न ठाउँमा रहेको छोटी भन्सार संचालनमा ल्याउने तथा राजस्व सम्बन्धमा जिल्लाका करदाताहरुसँग छलफल गरिने बताउनुभयो ।
कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव बिष्णु नेपालले सप्तरीको विकासका लागि अर्थ मन्त्रालय सकारात्मक रहेको बताउँदै यसका लागि यहाँकै स्थानीयलाई जागरुक हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सप्तरीका व्यापारीहरुले धान चामल बिना भन्सार ल्याउन दिनुपर्ने, भारुको समस्या समाधान गरिनुपर्ने लगायतका समस्याहरु राखेका थिए ।
कार्यक्रममा राजस्व अनुसन्धान विभागका डिजी निर्मलहरी अधिकारी, भन्सार विभागका डिजी शिशिर कुमार ढुँगाना, डिडिजी सुमन दाहाल, अर्थ मन्त्रालयका उपसचिव यज्ञ ढुँगेल, आन्तरिक राजस्व कार्यालय धरानका प्रमुख धर्मेन्द्र मिश्रसहितकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सप्तरी उद्योग बाणिज्य संघका अध्यक्ष अरुण प्रधानको अध्यक्षतामा आयोजित कार्यक्रमको संचालन महासचिव अनन्त साहले गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ