News Category 2073/07/29
हरुवाचरुवा सशक्तिकरण कार्यक्रमले हरुवा चरुवा परिवारमा ल्यायो परिवर्तन
दैनिक समाचारदाता
राजविराज, २८ कात्तिक ।
सप्तरीको हर्दिया गाविसमा हरुवा चरुवा परिवारका बच्चाहरुका लागि ट्युसन कक्षा संचालन भएपछि उनीहरुको बच्चाहरु नियमित रुपमा विद्यालय जान थालेका छन् ।
हर्दिया गाविस ८ मा तीन वटा समूहका ८४ जना हरुवा चरुवाका बालबालिकाहरु त्यहाँ ट्युसन पढ्न आउछन् । शनिबार बाहेक हप्ताको ६ दिन बिहान ६ बजेदेखी ८ बजेसम्म ट्युसन कक्षा संचालनमा आएपछि बालबालिकाहरु नियमित विद्यालय जान थालेका छन् ।
हरुवाचरुवा सशक्तिकरण कार्यक्रम अन्तर्गत उक्त ट्युसन कक्षा संचालन गरिएको सो गाविस वडा नम्बर ८ का सहजकर्ता दिलिप कुमार रामले जानकारी दिनुभयो ।
सहजकर्ता रामका अनुसार ट्युसन कक्षा संचालन भएपछि बालबालिकालाई पढाईतर्फ आकर्षित गरेको तथा स्थानिय दलित जनचेतना संगमले उनीहरुका लागि स्कुल ब्याग, पोशाक तथा स्टेशनरीको व्यवस्था समेत मिलाएको छ ।
यस्तै टुयृसन कक्षामा हप्ताको एक दिन शुक्रबार बालबालिकाहरुका लागि अतिरिक्त कक्षा अन्तरगत खेलकुद र मनोरन्जन समेत गराइरहेको अर्का सहजकर्ता रिता कुमारी साहले बताउनुभयो ।
यता सोही गाविसमा पढाईबाहेक हरुवा चरुवा सशक्तिकरण कार्यक्रम अन्तरगत सामूहिक आम्दानी गर्ने उद्देश्यले हरुवाचरुवाहरुले सामूहिक माछा पालन गरेका छन् । त्यहा रहेको एलानी जग्गामा पोखरी खनेर माछा पालन व्यवसाय शुरु गरेका हुन् ।
यसबाहेक मधुपट्टी ८ मा विद्यालय जान नपाएका किशोरीहरुका लागि किशोरी शिक्षा संचालन गरिएको छ । सो कक्षामा विद्यालय जान नपाएका १८ जना किशोरीहरु रहेका छन् ।
यस्तै सप्तरीको हर्दिया गाविस ८ मै दलित जनचेतना संगमले १५ हजार रकम सहयोग गरेर स्थानिय हेमोदेवी सदालाई एउटा किराना पसल संचालन गर्न मद्दत गरेको छ ।
हेमाले सो पसल संचालन ल्याएपछि श्रीमान्सहित तीन बच्चाहरुको गुजारा टार्न सक्षम भएकी छन् । गाउँमै सानो किराना पसल थापेकी उनले त्यहीं कमाईबाट परिवारको गुजारा टार्दै छोराछोरीलाई शिक्षा दिलाउन समेत सकेकी छन् ।
हेमाकी जेठी छोरी ३ कक्षामा, कान्छी छोरी एकमा र छोरा शिशु कक्षामा पढिरहेका छन् भने श्रीमान् बैदेशिक रोजगारका लागि प्रयास गरिहरेका छन् ।
हरुवाचरुवा सशक्तिकरण कार्यक्रम अन्तर्गत दलित जनचेतना संगमले हर्दिया, मधुपट्टी लगायत वरिपरिका गाविसहरुमा बालबालिका लागि ट्युसन कक्षा, किशोरी शिक्षा, महिलाहरुका लागि आत्मनिर्भर बनाउन सीपमूलक कार्यक्रम, माछापालन व्यवसायी लगायतका कार्यक्रम संचालन गरेर हरुवा चरुवा परिवारलाई आत्मनिर्भर बनाउन लागिपरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ