News Category 2073/08/01
नौं वर्षिया नाबालिकालाई जबरजस्ती गर्न खोज्ने ६० वर्षिय बृद्ध पक्राउ पीडित परिवारलाई मुद्दा फिर्ता लिन विभिन्न धम्की
दैनिक समाचारदाता
राजविराज, ३० कात्तिक ।
सप्तरीमा एक ९ वर्षिया मुस्लिम नाबालिकासँग ६० वर्षिय एक बृद्धले जबरजस्तिकरणीको प्रयास गरेको घटना सार्वजनिक भएको छ । कक्षा २ मा अध्ययनरत सो बालिकालाई उनकै छिमेकीले बलात्कारको प्रयास गरेका हुन् ।
मंगलबार राजविराजमा पीडित नाबालिकाका तर्फबाट उनका छिमेकीहरुले पत्रकार सम्मेलन गर्दै उक्त घटनाको खुलासा गरेका हुन् ।
आयोजित पत्रकार सम्मेलनमा घटना बारे जानकारी दिँदै पीडित नाबालिकाका छिमेकीले कात्तिक १७ गते बुधबार दिउँसो ३ बजे घर अगाडीका छिमेकी जमाल मियाँले नाबालिकालाई भुजिया खरीद गर्न लगाएको तथा भुजिया खरीद गरेपछि घरको कोठामा लगेर बलात्कारको प्रयास गरेको जानकारी दिएका छन् ।
पत्रकार सम्मेलनमा उनले भने, “भुजिया खरीद गरेर जमालको घर भित्र पसेको समेत देखेको पीडितकी आमाले छोरी निकै बेरसम्म बाहिर नआएपछि उनी घरमा प्रवेश गर्ने वित्तिकै छोरी कराएको आवाज सुनेपछि कोठा भित्र पसेर हेर्दा जामलले बलात्कारको प्रयास गर्दै थिए ।”
सोही पत्रकार सम्मेलनमा पीडित नाबालिकाकी आमाले उक्त घृणात्मक घटना बारे जमालकी श्रीमतीलाई बिस्तृत जानकारी गराउँदा उल्टै उनकी श्रीमतीले आफैलाई गाली गलौज गरेको बताइन् ।
उनले भनिन्, “घटना बारे बिस्तृत समाजका अगुवाहरुलाई भनेपछि समाजले नै प्रहरीलाई खबर गरेपश्चात् उनीहरुबाटै जमाललाई पक्राउ गरि प्रहरीलाई बुझाएको हो ।”
अत्यन्त गरिब परिवारका नाबालिकामाथी जबरजस्तीकरणी गरेका जमाललाई प्रहरीले जबरजस्तीकरणी मुद्दा दर्ता गरेको छ । ती नाबालिकाकी आमा अरुकै घरमा काम गरेर जिविकापार्जन गरिरहेकी छिन् भने फुर्सदको समयमा चुरा बेचेर गुजारा गर्न बाध्य छिन् । उनको चार छोरी र एक छोरा छन् भने श्रीमान विगत १० वर्षदेखी मानसिक रोगि छन् । श्रीमानकै रोगको उपचारका क्रममा उनले भएको सम्पत्ति समेत बिक्रि गरेसकेकी छिन् । हाल उनको सम्पत्तिको नाउमा एक कठ जग्गा मात्र रहेको छ ।
हालै उनको माइली छोरीको विवाह तय भएको छ । उनको विवाह आउँदो मंसि ११ गते तय भएको छ । तर, जमालका आफन्तहरुले मुद्दा फिर्ता लिन धम्काउँदै गरेका छन् भने विवाह तय भएकी छोरीको विवाहमा बाधाअड्चन समेत गर्न सक्ने धम्की जमालका आफन्तहरुले दिँदै आएको पत्रकार सम्मेलनमा पीडितकी आमाले जानकारी दिइन् । यती सम्म की विवाह तय भएको घरमा समेत कान्छी छोरीको बलात्कार होइन् की विवाह तय भएको छोरीसँग बलात्कार भएको जानकारी दिएर विवाह भाड्न खोजिरहेका छन् उनीहरु ।
पत्रकार सम्मेलनमा पीडित नाबालिकाकी आमाले जमालका आफन्तहरुबाट आफूहरुलाई कुनै बेला पनि आक्रमण हुन सक्ने भन्दै शान्ति सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत जिल्ला प्रहरी कार्यालयमा निवेदन समेत दिएको जानकारी दिइन् ।
यता जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक भिम प्रसाद ढकालले जबरजस्तिकरणी गर्न खोज्ने जमालमाथी थप अनुसन्धान सुरु गरिसकेको जानकारी दिँदै पीडि परिवारको सुरक्षाका लागि स्थानीय प्रहरी बिट र मोवाइल टोलीलाई खटाइसकेको बताउनुभयो ।
यस्तै उहाँले त्यसबाहेक अरु कसैले पीडित परिवारलाई धम्की तथा अन्य कुनै प्रकारको दाबब दिन खोज्नेहरुको खबर दिने बित्तकै आवश्यक कारवाही गर्न प्रतिबद्ध रहेको जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ