News Category 2073/08/02
सवारी दुर्घटनामा एकको मृत्यु, दुई घाइते
दैनिक समाचारदाता
राजविराज, १ मंसिर ।
सप्तरी र सिरहामा बुधबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
सप्तरीको खोजपुर ८ मा बा.६ च.२०४६ नम्बरको हाईलेक्स गाडीले को २४ प ६२६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मोरङ अमरदह ९ २८ बर्षिय तिलचन गनगाईको मृत्यु भएको छ ।
ठक्करबाट गम्भिर घाइते भएका गनगाईको उपचारका लागी लैजाने क्रममा मृत्यु भएको हो । दुर्घटनामा हाईलेक्स चालक काठमाण्डौ बल्खु का ४५ बर्षिय ईन्द्र बहादुर कट्वाल समेत गम्भिर घाइते भएका छन् ।
घाइते कट्वाललाई उपचारकोलागी राउ स्मारक अस्पताल लहान लगिएकोमा उपचार हुन नसकेपछी थप उपचारका लागी काठमाडौं लगिएको छ ।
यता सिरहाको लहान ३ मा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना.५ ख. १४४० नम्बरको बसको ठक्करबाट भारत दरभंगा घर भई लहानस्थित आँखा अस्पताल उपचारार्थ ६० बर्षिय सुकदेव सहनी घाइते भएका छन् ।
घाइते सुकदेवको लहान स्थित राउ स्मारक अस्पताल लहानमा उपचार भइरहेको छ भने ठक्कर दिने बसका चालकलाई इलाका प्रहरी कार्यालय कडोरवनाले नियन्त्रणमा लिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ