News Category 2073/08/02
“सम्भव” जिल्लाको १५ गाविस र दुई नपामा सुरु
दैनिक समाचारदाता
राजविराज, १ मंसिर ।
जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डेले जिल्लाको शैक्षिक अवस्था एकदमै नाजुक रहेको बताउनुभएको छ ।
युनिसेफको सहयोग तथा सबल नेपालको आयोजनामा बुधबार राजविराजमा आयोजित रेस्टलेसको साझेदारीमा संचालित सम्भव कार्यक्रममा प्रमुख अतिथिको आसन्नबाट बोल्नुहुँदै जिशिअ पाण्डेले जिल्लाका संचालित विद्यालयहरुको नियमित अनुगमन फितलो रहेको, शिक्षक शिक्षिकाहरु समयमा विद्यालय नआउने, विद्यालय नियमित नखुल्ने तथा सम्पुर्ण घण्टी पढाई नहुने गर्दा जिल्लाको शैक्षिक अवस्था खस्किदै गएको बताउनुभयो ।
यस्तै कार्यक्रममा रेस्टलेसका क्षेत्रिय प्रमुख उमाशंकर यादवले रेस्टलेसले १० जिल्लाका बालबालिकाहरुको शिक्षा तथा अतिरिक्त क्रियाकलापमा मद्दत पु¥याउन, बालबालिकाहरुको विभेदमा कमि ल्याउन तथा बालबालिकाप्रति हुने हिंसा र बाल विवाह सम्बन्धि जानकारी दिने उद्देश्यले कार्यक्रम संचालन गर्न लागेको जानकारी दिनुभयो ।
उहाँले सप्तरीको १५ गाविस, कंचनरुप र सप्तकोशी नगरपालिकाको ५० माविमा उक्त कार्यक्रम सुरु गरेको बताउनुभयो ।
सबल नेपालका निर्देशक दिपक कुमार झाको अध्यक्षतामा आयोजित कार्यक्रममा गैसस महासंघका बलदेव मण्डल, जिविस सप्तरीका अधिकृत नवराज खड्का, जनस्वास्थ्य कार्यालयका अधिकृत छेदी यादव, युएनह्याविटाटका जिल्ला संयोजक हरी बुढाथोकी, शिक्षक महासंघका अध्यक्ष फुलेश्वर कुमार मण्डल लगायतकाको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/09 सप्तरीको चार वटै निर्वाचन क्षेत्रमा रोचक प्रतिष्पर्धा हुने
- 2082/10/09 क्षेत्र नं. ४ बाट दुई जनाले लिए उम्मेदवारी फिर्ता
- 2082/10/08 नगरपालिकाद्वारा विद्यार्थीलाई निःशुल्क पुस्तक प्रदान
- 2082/10/08 क्षेत्र नं. १ मा एकको उम्मेदवारी रद्द, २१ जनाको कायम
- 2082/10/08 डुबेर एक किशोरीको मृत्यु
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ