News Category 2073/08/02
“घर–घरमे फोरम, जन–जनमे फोरम” अभियान सुरु
दैनिक समाचारदाता
राजविराज, १ मंसिर ।
सप्तरी जिल्लाको क्षेत्र नं. ३ मा मधेशीको अधिकार, पहिचान र अस्तित्व संरक्षणका लागि “घर–घरमे फोरम, जन–जनमे फोरम” अभियान सुरु भएको छ ।
संघीय समाजवादी फोरम नेपालका राजनीतिक समिति सदस्य एवं केन्द्रिय सदस्य शैलेन्द्र प्रसाद साहको नेतृत्वमा उक्त अभियान सुरु भएको हो ।
अभियानको पहिलो दिन बुधबार जिल्लाको बोरिया गाविस वडा न. ८ र ९ का जनताहरुको घर–घरमा फोरमका नेता तथा कार्यकर्ताहरु पुगेर अभियान बारे जनचेतना गराएका छन् ।
देशको बर्तमान परिस्थितीमा मधेशी जनताको अधिकार, पहिचान र अस्तित्व गुम्ने खतरालाई मध्यनजर गरी सबै मधेशी समुदाय एक जुट भएर आफ्नो हक अधिकारका लागी एकजुट हुनुपर्ने आवाज बलियो पार्ने अभियानको प्रमुख लक्ष्य रहेको नेता साहले जानकारी दिनुभयो ।
अभियानलाई सप्तरी संसदीय निर्वाचन क्षेत्र न. ३ का सम्र्पूण जनताका घर–घरमा पु¥याउने लक्ष्य रहेको नेता साहले बताउनुभयो ।
सो अभियानमा नेता साहको नेतृत्वमा संघिय समाजवादी फोरम नेपाल सप्तरीका जिल्ला सह सचिव उपेन्द्र साह, क्षेत्रिय इन्र्चाज सुनिता साह, क्षेत्रिय अध्यक्ष नवनित झा, गाउँ कमिटि अध्यक्ष विन्देश्वरी मेहता लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
यसैबीच अभियानकै क्रममा विभिन्न पार्टी परित्याग गरि दर्जनौं नेता कार्यकर्ता संघीय फोरममा प्रवेश गरेका छन् । उक्त अवसरमा बोरिया गाविसका निवर्तमान गाविस वडा अध्यक्ष एवं नेकपा एमाले नेता रसुल्ल मन्सुरी पनि फोरम नेपालमा प्रवेश गरेको क्षेत्रीय अध्यक्ष नवनित झाले जानकारी दिनुभयो । यसैगरी नेकपा माओवादी केन्द्रका नेता धिरेन्द्र साहको नेतृत्वमा दर्जनौ कार्यकर्ताहरु फोरम नेपालमा प्रवेश गरेका उहाँले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/02 डिभिजन वन कार्यालयमा करोडौं मुल्य बराबरको क्षति
- 2082/06/02 दिपावली गरी संविधान दिवस मनाउने निर्णय
- 2082/06/02 मोर्चाले असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाउने
- 2082/06/02 उच्चद्वारा जिल्ला अदालतलाई कम्प्युटर र प्रिन्टर सहयोग
- 2082/06/02 फरार ८२ कैदीबन्दी पक्राउ
- 2082/06/02 जेनजी आन्दोलनका क्रममा सहिद भएकाहरुको सम्मानमा दिप प्रज्वलन
- 2082/05/31 सबै जुटे सरसफाईमा
- 2082/05/31 जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार
- 2082/05/31 मैथिल महिलाद्वारा श्रद्धाञ्जली व्यक्त
- 2082/05/30 प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ