News Category 2073/08/05
फोरमको “घर–घरमे फोरम, जन– जनमे फोरम” अभियान सुरु
राजविराज÷संघीय समाजवादी फोरम नेपालका राजनीतिक समिति सदस्य एवं केन्द्रिय सदस्य शैलेन्द्र प्रसाद साहले जिल्लाको क्षेत्र नं. ३ मा मधेशीको अधिकार, पहिचान र अस्तित्व संरक्षणका लागि “घर–घरमे फोरम, जन–जनमे फोरम” अभियान सुरु गर्नुभएको छ ।
अभियानको चौथो दिन शनिबार राजविराज वडा नं. ८ स्थित स्वरण टोलमा त्यहाका टोल वासिहरुसँग भेटघाट गर्नुभएको छ ।
स्थानीयहरुले विभिन्न समस्याहरुसँग वर्षौदेखी सामना गर्दै गरेको तर समस्या भने जस्ताको त्यस्तै रहेको गुनासो गरेका छन् ।
उनीहरुले वर्षा याममा अझ बढि कठिनाइहरु भोग्नु परेको तथा राति सुतेको अवस्थामा पानी पर्दा घर घरमा पानी पस्ने हुदा बाटो घाटो, पुल इत्यादिको समस्याबारे जानकारी गराएका छन् ।
त्यस्तै शनिबारै वाड न. २ रहमतपुरमा अभियान गर्दै संघीय समाजवादी फोरम नेपालको सदस्यता वितरण समेत गरिएको थियो ।
त्यस्तै तेश्रो दिन राजविराज वडा नं. १० मा अभियानका क्रममा स्थानियहरुसँग भेटघाट गरिएको थियो ।
यस्तै अभियानको दोश्रो दिन बिहीबार सप्तरी क्षेत्र नं. ३ स्थित राजविराज नगरपालिका वडा नं. ७ शान्तिटोलमा कार्यक्रम गरेको छ ।
अभियानका क्रममा स्थानियवासीद्वारा बाटो, नालाका कारण दिनहु जनजिवन कष्टकर बन्दै गएको र सम्बन्धित निकायले वेवास्ता गरेको गुनासो गरेका छन् ।
त्यस्तै अभियानको पहिलो दिन बुधबार जिल्लाको बोरिया गाविस वडा न. ८ र ९ का जनताहरुको घर–घरमा फोरमका नेता तथा कार्यकर्ताहरु पुगेर अभियान बारे जनचेतना गराउनुभयो ।
सो अभियानमा नेता साहको नेतृत्वमा संघिय समाजवादी फोरम नेपाल सप्तरीका जिल्ला सह सचिव उपेन्द्र साह, क्षेत्रिय इन्र्चाज सुनिता साह, क्षेत्रिय अध्यक्ष नवनित झा, गाउँ कमिटि अध्यक्ष विन्देश्वरी मेहता लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
यसैबीच अभियानकै क्रममा विभिन्न पार्टी परित्याग गरि दर्जनौं नेता कार्यकर्ता संघीय फोरममा प्रवेश गरेका छन् । उक्त अवसरमा बोरिया गाविसका निवर्तमान गाविस वडा अध्यक्ष एवं नेकपा एमाले नेता रसुल्ल मन्सुरी पनि फोरम नेपालमा प्रवेश गरेको क्षेत्रीय अध्यक्ष नवनित झाले जानकारी दिनुभयो ।
यसैगरी नेकपा माओवादी केन्द्रका नेता धिरेन्द्र साहको नेतृत्वमा दर्जनौ कार्यकर्ताहरु फोरम नेपालमा प्रवेश गरेका उहाँले जानकारी दिनुभयो ।
सोही कार्यक्रमामा ५५ जनाले पार्टीका अधारभुत सदस्यता लिएको तथा उनीहरुलाई अविर र प्रमाणपत्र वितरण गरिएको क्षेत्रिय अध्यक्ष नवनित झाले जानकारी दिनुभयो ।
अभियानलाई सप्तरी संसदीय निर्वाचन क्षेत्र न. ३ का सम्र्पूण जनताका घर–घरमा पु¥याउने लक्ष्य रहेको नेता साहले बताउनुभयो ।
अभियान्ता साहले देशको बर्तमान परिस्थितीमा मधेशी जनताको अधिकार, पहिचान र अस्तित्व गुम्ने खतरालाई मध्यनजर गरी सबै मधेशी समुदाय एक जुट भएर आफ्नो हक अधिकारका लागी एकजुट हुनुपर्ने आवाज बलियो पार्ने अभियानको प्रमुख लक्ष्य रहेको बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/31 सबै जुटे सरसफाईमा
- 2082/05/31 जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार
- 2082/05/31 मैथिल महिलाद्वारा श्रद्धाञ्जली व्यक्त
- 2082/05/30 प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
- 2082/05/30 फोहर व्यवस्थापनका लागि नगरपालिकाले विशेष सरसफाई अभियान चलाउने
- 2082/05/30 डिभाईडरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
- 2082/05/29 राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
- 2082/05/29 कारागार क्षेत्रमा कफ्र्यु आदेश
- 2082/05/29 राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह स्थगन
- 2082/05/27 आन्दोलनका क्रममा चोरी तथा लुटपाट गरेर लगेका सम्पत्ति सात दिन भित्र बुझाउन प्रशासनको चेतावनी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ