News Category 2073/08/07
सबै वर्गको माग संविधानमा सुनिश्चित नगरिएसम्म चुनाव हुँदैन् ः अध्यक्ष यादव
दैनिक समाचारदाता
बिरगन्ज, ६ मंसिर ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गरेर मधेसी, आदिवासी, जनजाति, दलितलगायत सीमान्तकृत समुदायको माग संविधानमा सुनिश्चित नगरिएसम्म मुलुकमा कुनै पनि चुनाव हुन नदिने चेतावनी दिनु भएको छ ।
पर्साको पोखरियामा आइतबार फोरम नेपालले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले सरकारले गर्न लागेको संविधान संशोधनले मधेसका माग सम्बोधन हुने सम्भावना नदेखिएकाले अब फेरि आन्दोलन सुरू हुने बताउनुभयो ।
उहाँले आन्दोलनका लागि तयार रहन मधेसी जनतासँग आग्रह समेत गर्नुभयो । प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसका मुद्दाका सवालमा पटक–पटक आफ्नो बोली फेर्दै आएकाले विगतजस्तै अहिलेको सरकारबाट पनि मधेसीको माग पूरा हुने सम्भावना नदेखिएकाले आन्दोलनको तयारीमा आफूहरू लागिसकेको बताउनुभयो ।
उहाँले भन्ुभयो, ‘अहिले सरकारले गर्न लागेको संविधान संशोधनले मधेसका माग सम्बोधन हुने छाँटकाँट नै देखिएको छैन, त्यसैले आन्दोलनको लागि त्यार बस्नुस् । अबको आन्दोलन मधेसमा मात्र नभई हिमाल र पहाडमा पनि हुन्छ ।’
सरकार र सत्तारुढ दलले आन्दोलनरत् गठबन्धन र मोर्चासँग सहमति नै नगरी आफ्नो स्वास्र्थका लागि एकलौटी ढंगले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्ने षडयन्त्र गरिरहेको यादवको आरोप छ । उहाँले भन्नुभयो, ‘संशोधन प्रस्ताव गठबन्धन र मोर्चाको सहमतिमा संसदमा पेश हुनुपर्छ, यदि सहमतिबिना संविधान संशोधन गरियो भने त्यसको कुनै अर्थ हुँदैन, हामी मान्दैनौं पनि ।’
दाहाल नेतृत्वको सरकार मधेसका माग पूरा गर्ने सहमतिको जगमा बनेको भन्दै यादवले मधेसीको मुद्दा र आवाज नसुनेकाले नै तत्कालीन एमाले नेतृत्वको सरकार पतन भएको जिकिर गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ