News Category 2073/08/07
पर्सा जिल्ला विकास समितिमा प्रदर्शन र तालाबन्दी
दैनिक समाचारदाता
राजविराज, ६ मंसिर ।
गुपचुप रुपमै जिल्ला विकास समिति पर्साले जिल्लामा ११ वटा स्थानीय तह बनाउने सिफारिश भएको पछि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सोमबार जिल्ला बिकाश समितिमा तालाबन्दी गरेको छ ।
संघिय समाजवादी फोरम नेपालको नेतृत्वमा गएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको टोलिले जिल्ला बिकाश समिति पर्साको निर्णयको बिरोध गर्दै टायर बालि पर्दर्शन गर्दै जी.बि.स. प्रमुख बिरुद्ध चर्को नाराबाजी गरेको थियो, नाराबाजी पश्चात ताला बन्दि गरिएको समाजवादी विद्यार्थी फोरमका केन्द्रिय सदस्य निखिल बर्नावलले बताए ।
स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले जिल्लामा पर्सा एउटा उपमहानगरपालिका, एक नगरपालिका र ९ वटा गाउँपालिका गरी ११ वटा स्थानीय तह बनाउने निर्णय गरी आइतबार आयोगमा सिफारिस गरेको छ । लामो छलफल र मधेसी मोर्चाको बहिष्कारका बिच ११ वटा स्थानीय तह बनाउन सिफारिस गरिएको हो । संख्यामा असहमति नभए पनि नेपाली कांग्रेस पर्साले भने गाउँपालिकाको सिमांकनको विषयमा सहमति जनाएको छैन ।
“यो पर्तिबेदन हामी मधेशी जनता एवं पर्सा जिल्लाका बासिन्दाहरुलाई अस्वीकार्य रहेको र जी.बि.स.प्रमुखले यो पर्तिबेदन बिना सहमति को केन्द्र मा पठाएर मधेशी जनताको भावना संग खेलवाड गरेको,“ समाजबादी बिद्यार्थी फोरम नेपाल क जिल्ला अध्यक्ष यस्वंत यादवले बताए ्र
संघिय समाजवादी फोरम नेपालका नगर अध्यक्ष राजुदीन बाबु, सद्भावना पार्टीका केन्द्रिय सदस्य निजामुदिन शमानी, समाजवादी युवा फोरम नेपालका केन्द्रिय सदस्य नासिर खान, संघिय कराते संघका केन्द्रिय सदस्य रुस्तम अन्सारी, समाजवादी विद्यार्थी फोरम नेपालक पर्सा अध्यक्ष यस्वंत यादव, केन्द्रिय सचिव अमोद यादव, युवा नेता असलम आलम, सद्भावना पार्टीका नगर अध्यक्ष ओमप्रकाश सर्राफ, सद्भावना विद्यार्थीक जिल्ला अध्यक्ष सेख मुन्ना, लगायत नेता र कर्यक्रताको उपस्तिथी रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ