News Category 2073/08/08
सरकार मधेशको माग सम्बोधन गर्न गम्भीर छैन् ः अध्यक्ष यादव आन्दोलनले राष्ट्रिय आन्दोलनको स्वरुप ग्रहण गरिसक्यो ः वरिष्ठ नेता राई
दैनिक समाचारदाता
राजविराज, ७ मंसिर ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार मधेशको माग सम्बोधन गर्न गम्भीर नरहेको आरोप लगाउनु भएको छ ।
सप्तरीको मल्हनियाँ गाविसमा मंगलवार आयोजित पार्टी प्रवेश एवं जनसभालाई सम्वोधन गर्दै उहाँले सो आरोप लगाउँदै अब राष्ट्रिय आन्दोलन गर्ने चेतावनी समेत दिनुभयो ।
प्रधानमन्त्रीलाई संघीय गठबन्धनको तर्फबाट दिईएको १५ दिने अल्टिमेटमको समयावधी समाप्त हुन लाग्दा समेत सरकार अझ गम्भिर नभएको उहाँको भनाई छ ।
अध्यक्ष यादवले आफूहरु शालिन भएर प्रस्तुत हुँदै आएकोमा आफू ठूला भनाउने दलहरुले मधेशको भावनामाथि खेलवाड गर्ने काम गरिरहेको आरोप लगाउनुभयो ।
यस्तै कार्यक्रमका विशिष्ठ अतिथि पार्टीका वरिष्ठ नेता अशोक राईले मधेशबाट अस्तित्व, स्वाभिमान र पहिचानकालागि शुरु भएको आन्दोलनले राष्ट्रिय आन्दोलनको स्वरुप ग्रहण गरिसकेको बताउनुभयो । उहाँले अब हुने आन्दोलनलाई दुनियाँको कुनै पनि ताकतले दबाउन नसक्ने दाबी समेत गर्नुभयो ।
संघीय गठबन्धनको माग सम्वोधन गर्न दलहरुले आनाकानी गरिरहेकोप्रति आक्रोश व्यक्त गर्दै माग सम्बोधन नगरे राज्यले यसको ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी पनि दिनुभयो ।
“आन्दोलन मधेशको मात्र हो भने ठान्नु शासकहरुकालागि ठूलो भूल हुनेछ’ उहाँले भन्नुभयो ‘यो आन्दोलन मधेश, पहाड र हिमालका शोषित उत्पीडित एवम् विभेदमा पारिएकाहरुको आन्दोलन हो ।’ माग सम्बोधन नभए अबको आन्दोलनलाई राष्ट्रियव्यापी रुपमा भयावह एवम् निर्णायक आन्दोलनको रुपमा अगाडि बढ्ने नेता राईले चेतावनी दिनुभयो ।
सोही कार्यक्रममा कार्यक्रममा पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं २ नम्वर प्रदेशका प्रमुख रेणु यादवले अझैं पनि आफूलाई ठूला भनाउने दलहरुले संविधान संशोधन गर्नमा नौटंकी गरिरहेकोले सशक्त आन्दोलनको आवश्यकता रहेको औंल्याउनुभयो ।
फोरमका राजनीतिक समिति सदस्य शैलेन्द्र प्रसाद साहले मधेशको माग सम्बोधन गर्न ढिलाई भईरहेको भन्दै सशक्त आन्दोलनबाटै शासकवर्गलाई घुँडा टेकाउने बताउनुभयो ।
कार्यक्रममा सांसद लक्ष्मी चौधरी, पार्टीका केन्द्रीय सदस्य अनिरुद्ध कुमार सिंह, जिल्ला अध्यक्ष दिनेश कुमार यादव, उपेन्द्रनारायण चौधरी (पगरीवाला) लगायतले सम्बोधन गर्नुभएको थियो ।
क्षेत्र नम्वर ६ का अध्यक्ष अरुण यादवको अध्यक्षता तथा क्षेत्र नम्वर ४ का अध्यक्ष सुरेन्द्र यादवद्वारा सञ्चालित कार्यक्रममा मधेशी जनअधिकार फोरम लोकन्त्रिक सप्तरीका वरिष्ठ उपाध्यक्ष महेन्द्र चौधरी, फोरम गणतान्त्रिकका जिल्ला सचिव अरबिन्द यादव, वुद्धिजिवि रासिन्द्र यादवसमेत गरी मौवाहा, बेल्ही, बसवलपुर, ईनर्वा फूलबडिया, मल्हनमालगायत जिल्लाको पश्चिमी भेगका गाविस विभिन्न पार्टीमा रहेका करिब ७ सय जना संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई अध्यक्ष यादव, वरिष्ठ नेता राई, प्रदेश प्रमुख यादवलगायका नेताले फूलको माला र अबीर लगाएर स्वागत गर्नु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ