News Category 2073/08/09
राष्ट्रिय मुद्दाहरु सम्बोधन हुने गरि संशोधन नगरिए निर्वाचन हुन नदिने अध्यक्ष यादवको चेतावनी
दैनिक समाचारदाता
राजविराज, ८ मंसिर ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय मुद्दाहरुको सम्वोधन हुने गरि संविधान संशोधन नगरिए सरकारले घोषणा गर्ने कुनै पनि निर्वाचन हुन नदिने चेतावनी दिनुभएको छ ।
प्रेस फोरम सप्तरीद्वारा बुधबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सो चेतावनी दिँदै मुलुकको राष्ट्रिय मुद्दाहरु समानुपातिक समावेशी, भाषिक, पहिचान, जातिय, वर्गिय, लैङ्गिक लगायतका विभेदका मुद्दाहरु सम्बोधन हुने गरि विधेयक ल्याएर मुलुकलाई निकास दिनुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष यादवले प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसका मुद्दाका सवालमा पटक–पटक आफ्नो बोली फेर्दै आएकाले विगतजस्तै अहिलेको सरकारबाट पनि मधेसीको माग पूरा हुने सम्भावना नदेखिएकाले आन्दोलनको तयारीमा आफूहरू लागिसकेको बताउनुभयो ।
प्रदेशको पुर्नगठन नभएसम्म स्थानिय निकायको निर्वाचन नगर्न सुझाव दिँदै उहाँले बलपूर्वक गैरलोकतान्त्रिक संविधान लाद्न खोजिए जनआन्दोलन गर्ने चेतावनी समेत दिनुभयो ।
सरकार र सत्तारुढ दलले आन्दोलनरत् गठबन्धन र मोर्चासँग सहमति नै नगरी आफ्नो स्वास्र्थका लागि एकलौटी ढंगले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्ने षडयन्त्र गरिरहेको यादवको आरोप छ । उहाँले संशोधन प्रस्ताव गठबन्धन र मोर्चाको सहमतिमा संसदमा पेश हुनुपर्ने भन्दै यदि सहमतिबिना संविधान संशोधन गरियो भने त्यसको कुनै अर्थ नहुने उल्लेख गर्नुभयो ।
उहाँले विभिन्न संचारमाध्यमहरुमा अनौपचारिक रुपमा आइरहेको चार बुँदे सवालहरुले मुलुकमा द्वन्द्व बढाउने काम गरेको भन्दै त्यसले मुलुकमा कुनै पनि निर्वाचन हुन नसक्ने जिकिर गर्नुभयो । राष्ट्रिय मुद्दाहरु संशोधन नगरेर संविधान नामको मात्र संशोधन गर्ने काम गरे मुलुकमा द्वन्द्व बढ्ने चेतावनी दिनुभयो ।
अध्यक्ष यादवले प्रधानमन्त्रीलाई संघीय गठबन्धनको तर्फबाट दिईएको १५ दिने अल्टिमेटमको समयावधी समाप्त हुन लाग्दा समेत सरकार अझ गम्भिर नभएको आरोप समेत लगाउनुभयो । आफूहरु शालिन भएर प्रस्तुत हुँदै आएकोमा आफू ठूला भनाउने दलहरुले मधेशको भावनामाथि खेलवाड गर्ने काम गरिरहेको आरोप लगाउनुभयो ।
पत्रकार सम्मेलनमा पार्टीका उपाध्यक्ष एवं दुई नं. प्रदेश प्रमुख रेणु कुमारी यादव, केन्द्रिय सदस्यहरु शैलेन्द्र साह, साँसद लक्ष्मी चौधरी, सूर्यनाथ यादव, जिल्ला अध्यक्ष दिनेश यादव लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ