News Category 2073/08/11
स्वतन्त्र मधेश गठबन्धनका केन्द्रीय संयोजक डा. राउतसहित सयौं पक्राउ
दैनिक समाचारदाता
राजविराज, १० मंसिर ।
स्वतन्त्र मधेश गठबन्धनले शुक्रबार राजविराजसहित मधेशका १५ जिल्लाहरुमा एकै साथ रंगभेद बिरुद्धको दिवस मनाएका छन् । सो क्रममा मधेशका जिल्लाहरुबाट सयौं गठबन्धनका नेता कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
राजविराजस्थित शिव मन्दिरको प्राङ्गणबाट नगरपालिका रोडहुँदै गठबन्धनका नेता कार्यकर्ताहरुले जुलुस निकालेका थिए । तर, प्रहरीको हस्तक्षेप पछि उनीहरुले बाटो परिवर्तन गरि जिल्ला प्रशासन कार्यालय सडक हुँदै जुलुस निकालेका थिए । जुलुस गजेन्द्र चौकमा पुगेपछि पुनः प्रहरीले हस्तक्षेप गर्न खोजेपछि उनीहरुले सोही स्थानमा कोण सभा सम्पन्न गरेका थिए ।
कोण सभामा डा. बिरेन्द्र यादव, गठबन्धनका जिल्ला संयोजक सुरेन्द्र मधेशी, राजनारायण यादव, मो. उस्मान मियाँलगायतका वक्ताहरुले मुलुकमा देखिएको रंगभेदबिरुद्ध आफूहरु लागिपरेको बताउनुभयो ।
प्रहरीले गठबन्धनका नेता कार्यकर्ताले स्वतन्त्र “मधेश स्वराज” लेखिएको टोपी, झण्डा तथा व्यानरहरु खोसेका थिए ।
यस्तै स्वतन्त्र मधेश गठबन्धनका केन्द्रीय संयोजक डा.सीके राउतलाई जनकपुरबाट प्रहरीले पक्राउ गरेको छ । रंगभेदी विरुद्धको दिवस मनाउने क्रममा जनकपुरधामको शिव चौकबाट डा.राउतलाई नेपाल प्रहरीले पक्राउ गरेको हो ।
शिब चौकमा आयोजित सभालाई सम्बोधन गर्न सुरु गरेको एक मिनेट नपुग्दै डा.राउतलाई कार्यक्रम स्थलबाट पक्राउ गरिएको हो ।
हाल डा.राउतलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।
यसअघि बारह विगहाबाट निस्केको जुलुसमाथि प्रहरीले हस्तक्षेप गरी करिब २६ जना कार्यकर्तालाई पक्राउ गरेको छ ।
नेपाल सरकारले मधेशीहरुलाई रंगको आधारमा विभेद गर्दैै आएको विरोधमा शुक्रबार मधेशभरी रंगभेदी दिवस मनाईएको गठबन्धनले जनाएको छ ।
गत सार्क सम्मेलनको क्रममा मंसिर १० गते काठमाडौंबाट करिब चार सयभन्दा अधिक मधेशीहरुलाई रंगको आधारमा सरकारले पक्राउ गरेको बिरोधमा आजको दिनलाई उनीहरुले रंगभेद बिरुद्धको दिवस गत वर्षदेखी बनाउँदै आएका छन् ।
यता कपिलबस्तुबाट स्वतन्त्र मधेश गठबन्धनका २१ जना कार्यकर्तासहित चार जना बटुवालाई पनि नेपाल प्रहरीले पक्राउ गरेको छ । त्यस्तै स्वतन्त्र मधेश गठबन्धन कपिलबस्तुका संयोजक हकिकुल्लाह खानलाई प्रहरीले विहानै पक्राउ गरेको थियो ।
त्यस्तै रौतहटबाट २० जनालाई पक्राउ गरिएको छ । त्यस्तै नवलपरासीबाट १३ जनालाई पक्राउ गरिएको छ । त्यस्तै, नेपालगंजबाट करिब ५० जना पक्राउ परेको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/15 बैदेशिक रोजगारीमा गएका २४ जनाले ज्यान गुमाए
- 2082/03/15 रोपाईसँगै काँग्रेसद्वारा किसानको कार्यालय उद्घाटन
- 2082/03/15 दुई मोटरसाईकल ठोकिएर सडकमा हुत्तिएका चालकको ट्रकले किचेर मृत्यु
- 2082/03/10 कर्मचारीको धर्ना जारि, नगरपालिकाको आपसी विवादले ४२ वटा सामुदायिक विद्यालय संचालन एवं व्यवस्थापनमा असर
- 2082/03/10 एसपी खतिवडाको कार्यकालमा चार सय ४ फरार प्रतिवादी पक्राउ, एक सय १ वर्ष १० महिना १० दिन कैद भुक्तानका लागि कारागार चलान
- 2082/03/09 रुपनी गाउँपालिकाले ल्यायो ४८ करोड ४३ लाखको बजेट
- 2082/03/09 ट्याक्टर पल्टिदा चालकको मृत्यु
- 2082/03/09 वडा नं. ३ को नवनिर्मित भवनको उद्घाटन
- 2082/03/09 लैङ्गिक हिंसा रोक्न सडक नाटक मार्फत सन्देश
- 2082/03/08 नगरपालिका कर्मचारीको धर्ना यथावत, सर्वदलिय बैठकको निर्णय बारे आफूहरुलाई कुनै जानकारी छैन् ः अध्यक्ष देव
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ