News Category 2073/08/12
नवआगन्तुक एसपी लोहनीबाट पत्रकारलाई कुटपिट विभिन्न संचार संघसंस्थाबाट भत्र्सना
राजविराज÷योग गुरु स्वामी रामदेव छिन्नमस्ता भगवतीको पुजा गर्न मन्दिर परिसरमा जाने क्रममा शुक्रबारै सरुवा भएर सप्तरी आएका प्रहरी उपरिक्षक दिवेश लोहनीले नेपाली पत्रकारलाई कुटपिट गरेका छन् ।
उनले मन्दिर परिसर भित्र भारतीय पत्रकार छिर्न दिए पनि नेपाली पत्रकारलाई रोक लगाउँदै कुटपिट गरेका हुन् । नेपाल पत्रकार महासंघ सप्तरीका कार्य समिति सदस्य चन्दन यादव र राससका सप्तरी प्रतिनिधी अरुण कुमार यादवलाई हातपात गर्दै कुटपिट गर्नुभएको छ भने आधा दर्जन पत्रकारलाई दुरवयवहार गरे ।
यता सो घटनाको नेपाल पत्रकार महासंघ सप्तरीले घोर भत्र्सना गर्दै स्थानीय प्रशासनसँग प्रहरी उपरिक्षक लोहनीलाई कारवाहीको माग गरिएको छ । महासंघका कार्यवाहक अध्यक्ष श्रवणकुमार देवद्वारा जारि विज्ञप्तिमा जनताको सेवा गर्ने प्रहरीले पत्रकारमाथी हातपात गर्नु अत्यन्त निन्दनिय कार्य भएको भन्दै प्रहरी उपरिक्षकलाई तत्कालै फिर्ता बोलाउन गृहमन्त्रालयसँग आग्रह गरिएको छ । सो माग पुरा नभए कडा आन्दोलन गर्ने विज्ञप्ति मार्फत चेतावनी दिइएको छ ।
यसैगरि प्रेस मंच सप्तरीले समेत उक्त घटनाको भत्र्सना गरेको छ । मंचका सहसचिव ध्रुव मण्डलले शनिबारै एक विज्ञप्ति जारि गर्दै कानूनको पालना गर्नुपर्ने निकायले राज्यको चौथो अंग संचार जगत माथी निसाना साध्नु लाज्यास्पद रहेको जनाएका छन् ।
विज्ञप्तिमा समाचार संकलन गर्न नदिई गाली गलौज गर्नु अमर्यादित रहेको भन्दै प्रेस मञ्च सप्तरीका सचिव चन्दन कुमार यादवलाई प्रहरी प्रमुख दिवेश लोहनीले गरेको कामको निन्दा गरेका छन् । साथै विज्ञप्तिमा प्रेस स्वतन्त्रताका लागि सम्बन्धीत पक्षसँग हार्दिक अनुरोध गर्दै घटनाको छानविन गरी दोषीलाई कार्वाहीको माग गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ