News Category 2073/08/13
एसपीलाई ४८ घण्टा भित्र सप्तरीबाट सरुवा गर्न गृहमन्त्रीलाई ज्ञापन
दैनिक समाचारदाता
राजविराज, १२ मंसिर ।
भारतीय योगगुरु रामदेब स्वामीको छिन्नमस्ता भ्रमणका बेला समाचार संकलनका लागि पुगेका पत्रकारहरुमाथी प्रहरी उपरिक्षक दिवेश लोहनीले हातपात र दुब्र्यबहार गरेको प्रति जिल्लाका पत्रकारहरुले आइतबार जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत गृह मन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
नेपाल पत्रकार महासंघ सप्तरीका कार्यवाहक अध्यक्ष श्रवण देवको नेतृत्वमा गएका संचारकर्मीहरुले प्रमुख जिल्ला अधिकारी बलदेव गौतमलाई सो ज्ञापन पत्र बुझाएका हुन् ।
नेपाल पत्रकार महासंघ केन्द्रिय समितिलाई समेत बोधार्थ गरिएको ज्ञापनमा जिल्ला प्रशासनका केही अधिकारी र प्रहरीका पनि केही अधिकृतकै सामुन्ने लोहनीले नेपाल पत्रकार महासंघ सप्तरीका कार्यसमिती सदस्य चन्दन यादबलाई बुट, मुडकीले हान्दै तथानाम गालीगलौज गरेको उल्लेख छ ।
त्यस्तै लोहनीले राष्ट्रिय समाचार समितीका सम्वाददाता अरुणकुमार यादब सहितका पत्रकारलाई गाली गर्दे धक्का दिएर समाचार संकलनमा अबरोध गरेको जनाइएको छ ।
ज्ञापनमा सरुवा भएर सप्तरी आएको पहिलो दिनमै संचारकर्मीमाथी आफैले हातपात गर्ने प्रहरी उपरिक्षक लोहनीको कार्यलाई हामीले प्रेस स्वतन्त्रतामाथी ठाडो हस्तक्षेपको रुपमा लिएको जनाइएको छ ।
ज्ञापनमा भनिएको छ, “सप्तरीका प्रहरी उपरिक्षक लोहनीले आफै हातपात र दुब्र्यबहार गर्नुले हामी प्रहरीवाटै असुरक्षित भएको महसुस गरेका छौ । त्यसकारण पत्रकारमाथी हातपात र दुब्र्यबहार गर्ने प्रहरी उपरिक्षक लोहनीलाई ४८ घण्टा भित्र सप्तरीवाट सरुवा गरि बिभागीय कारवाही गर्न अनुरोध गर्दछौ । हाम्रो माग पुरा नभए सशक्त आन्दोलनमा उत्रने कुरा समेत जानकारी गराउन चाहन्छौ ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ