News Category 2073/08/14
दर्ता हुनु अगावै संविधान संशोधन प्रस्तावको समर्थन गर्न मिल्दैन्
दैनिक समाचारदाता
राजविराज, १३ मंसिर ।
संघीय गठवन्धनले दर्ता हुनु अगावै संविधान संशोधन प्रस्तावको समर्थन गर्न नसकिने बताएको छ । गठबन्धनले संशोधन दर्ता नभए आन्दोलनमा जाने चेतावनी समेत दिएको छ ।
संघीय समाजवादी फोरमको कार्यालयमा सोमबार बसेको गठवन्धनको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । बैठकमा गठवन्धनका नेताहरुले सरकारप्रति विश्वास घट्दै गएको र, आन्दोलनको विकल्प नभएको बताएका छन् ।
गठवन्धनका संयोजक एवं फोरम अध्यक्ष उपेन्द्र यादवले सरकार र सत्तारुढ दलहरु आफूलाई दोष दिएर पन्छन खोजेको आरोप लगाउनुभयो । सरकारले के संशोधन प्रस्ताव ल्याउँछ भन्ने थाहा नै नभएको भन्दै भन्नुभयो, ‘के आधारमा समर्थन गर्ने ?’
सदभावना पार्टीर्का महासचिव मनिष सुमनले संविधान संशोधन गर्न प्रमुख दलहरुलाई पीडा भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘बाहाना मात्र बनाइरहेको छ, हामीले विधेयक नै पढ्न पाएका छैनौं, समर्थन गर्नुर्पयो भन्न थालेका छन् । ब्लांक चेकमा हस्ताक्षर हुँदैन ।’
उहाँका अनुसार आन्दोलनमा जाने निर्णय गर्नु पर्ने मधेसी मोर्चा र गठवन्धनले सरकारलाई केही दिन हेर्नेछ । र, संशोधन दर्ता नभए आन्दोलनको घोषणा हुनेछ ।
सो बैठकमा मधेसी मोर्चाका तीन अध्यक्ष तमलोपा अध्यक्ष महन्थ ठाकुर, सदभावनाका राजेन्द्र महतो र रामसपाका अध्यक्ष शरतसिंह भण्डारी अनुपस्थित रहेकोले कुनै ठोस निर्णय गरेको छैन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ