News Category 2073/08/18
तिवारीद्वारा १० औं दिन पनि आमरण अनसनलाई निरन्तरता
दैनिक समाचारदाता
राजविराज, १७ मंसिर ।
अस्पताल सुधारको माग गर्दै शुक्रबार १० औं दिन पनि नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका अध्यक्ष विकास तिवारीले अनसनलाई निरन्तरता दिनु भएको छ ।
अध्यक्ष तिवारीले अस्पताललाई बालमैत्री बनाउनुपर्ने, बिरामी बालबालिकालाई उपलब्ध हुने खानाको सुप्रबन्ध हुनुपर्ने, अस्पतालमा भर्ना हुने रोगीलाई स्वास्थ्य, पोषिलो खाना भरपेट उपलब्ध हुनुपर्ने, अस्पतालमा स्वच्छ पिउनेपानीको व्यवस्था हुनुपर्ने, अस्पतालको मूल गेटको निर्माण, नाक, कान, घाँटी, छाला रोग, शाडजोर्नी, मुटुरोग, रेडियोलोजिष्ट लगायतका चिकित्सक प्राविधिक उपलब्ध हुनुपर्ने माँग सहित अनसनमा बस्नु भएको हो ।
यस्तै अस्पतालमा प्रसुती गृह लगायत निर्माणधीन भवनहरुको निर्माण कार्य अविलम्ब पुरा हुनुपर्ने, चिकित्सकहरुका लागि आवासको व्यवस्था हुनुपर्ने, शल्य चिकित्सकसम्बन्धी सम्पूर्ण सामाग्रीको व्यवस्था हुनुपर्ने, अस्पतालका बेडहरुमा बेडसिट राखिनुपर्ने, वार्डहरुमा रहेका शौचालय तथा धाराहरु चालु गर्नुपर्ने, अस्पतालमा रहेका पंखा र झ्यालहरु मर्मत सम्भार हुनुपर्ने र एसीको व्यवस्था, अस्पतालको मूल गेटमा फोहर फालिने गरेकोले सोको तत्काल व्यवस्था गर्नुपर्ने, अस्पताल परिसरमा सँुगुर तथा अन्य जनावरको प्रवेश रोक्न उचित व्यवस्था, आवश्यक सुरक्षा गार्डको व्यवस्था हुनुपर्ने माग गर्नुभएको छ ।
यसैगरि अस्पताल परिसर, स्वास्थ्यपरीक्षण, उपचार कक्ष र वार्डहरुको नियमित दैनिक तिनपटक सफाई हुनुपर्ने, ठाउँठाउँमा फोहर संकलनका लागि डस्टबिन र कन्टेनर राख्नुपर्ने तथा डस्टबिन र कन्टेनरमा संकलन हुने फोहर दैनिक रुपमा उठाई व्यवस्थापन गर्नुपर्ने माग रहेको छ ।
यसैगरी जिन्सी खाता अनुसारको सम्पुर्ण खर्च भएर जाने र खर्च भएर नजनो विवरण उपलब्ध गराउनुपर्ने, बिरामीलाई उपलब्ध गराईने खानाको विवरण र सोको ठेक्का बन्दोवस्ती विवरण उपलब्ध गराउनुपर्ने, सुत्केरी गर्भवतिका लागि पोषण खाना, लुगा इत्यादी प्रसुति सम्बन्धि आएको प्रत्येक महिनाको प्रोत्साहन भत्ता, परिवार नियोजन सम्बन्धि विवरण उपलब्ध गराउनुपर्ने तथा इमरजेन्सी र बाहिर चिकित्साका लागि उपलब्ध हुने औषधिहरुको लिष्ट उपलब्ध गराउनुपर्ने लगायतका माँगहरु अघि सारि आन्दोलन गर्दै आएको छ ।
यता आप्mनो जायज मागहरु सम्बोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिने अध्यक्ष तिवारीको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ