News Category 2073/08/19
पत्रकारको बिरोध जारि आज मैनबत्ति र लालटेन जुलुस
राजविराज÷पत्रकारलाई कुटपिट गर्ने सप्तरीका प्रहरी प्रमुखको सरुवा माग गर्दै नेपाल पत्रकार महासंघ सप्तरी शाखाले पनि बिरोध प्रदर्शन गरेको छ ।
सप्तरीका नयाँ प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिवेश लोहनीले मंसिर ११ गते योगगुरु रामदेवको समाचार संकलन गर्न जिल्लाको छिन्नमस्ता मन्दिर पुगेका पत्रकार चन्दन यादव र अरुण यादवलाई हातपात गर्दै दुव्र्यबहार गरेको घटनाको बिरोधमा सप्तरीका संचारकर्मीहरु आन्दोलित हुँदै बिरोधमा उत्रेका हुन् ।
महासंघका कार्यवाहक अध्यक्ष श्रवण कुमार देवको नेृतत्वमा स्थानिय शिव मन्दिरको प्राङ्गणबाट हातमा प्ले कार्ड बोकेर बिरोध प्रदर्शन गरेका हुन् । सो बिरोध प्रदर्शन राजविराज नगरको परिक्रमा गर्दै स्थानिय जनआन्दोलन चौकमा पुगेर सम्पन्न भएको थियो ।
यसअघि शुक्रबार पनि पत्रकारहरुले हातमा कालोपट्टी बाँधेर बिरोध जुलुस निकालेका थिए । स्थानिय जेसीज भवनबाट निस्केको जुलुस राजविराज नगरको परिक्रममा गर्दै शिव मन्दिर प्राङ्गणमा पुगेर सम्पन्न भएको थियो ।
राज्यकै प्रमुख अंग प्रहरी र त्यसको जिल्ला प्रमुखले नै संचारकर्मीलाई कुटपिट गरेपनि राज्यले ध्यान नदिएपछि महासंघको अगुवाइमा शुक्रबार, शनिबार बिरोध प्रदर्शन तथा आइतबार बिहान मैनबत्ति र लालटेन जुलुस प्रदर्शन गरी पेशागत संघ–संगठनका प्रतिनिधीसँग अन्तरकृया गर्ने कार्यक्रम रहेको छ ।
यता घट्नाको भोलिपल्टै गृह एवं उप प्रधानमन्त्री बिमलेन्द्र निधीलाई सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतम मार्फत प्रहरी उपरीक्षक दिवेश लोहनीलाई सरुवाको माग गर्दै नेपाल पत्रकार महासंघ सप्तरीले बुझाएको ज्ञापन पत्रप्रति कुनै ध्यान नदिएको भन्दै पत्रकार महासंघले थप आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ