News Category 2073/08/19
मो. इस्लामको अध्यक्षतमा मुलनिवासी मुक्ति पार्टीको घोषणा
राजविराज÷आममुल निवासी मुक्ति मोर्चाको नाममा राजनीति गर्दै आएका मो. इस्लामको अध्यक्षतामा “मुलनिवासी मुक्ति पार्टी” घोषणा गरिएको छ ।
राजविराजमा शनिवार आयोजित पत्रकार सम्मेलनमा सो पार्टीका नेताहरुले निर्वाचन आयोगमा पार्टी दत्र्ता प्रक्रिया पुरा भईसकेको बताएका छन् ।
पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष मो. इस्लामले पार्टी निर्वाचन आयोगमा दत्र्ता भईसकेपछि बिधिवत पार्टीको घोषणा गरिएको र अब पार्टीको एजेण्डाहरु लिएर गाउँ गाउँमा संगठन निर्माणको अभियान शुरु गरिने जानकारी दिनुभयो ।
घोषणा गरिएको मुलनिवासी पार्टीको अध्यक्षमा मो. इस्लाम, उपाध्यक्षमा झब्बर प्रसाद राम, महासचिवमा चन्देश्वर दास, सचिवमा राजकुमार मण्डल र कोषाध्यक्षमा रेणुकुमारी सदा रहेको जनाएको छ ।
यस्तै पार्टीको केन्द्र सदस्यहरुमा मो. सहमुद अली, रुन्दीलाल राम, श्रीदेव यादव, रामकुमारी देवी यादव, कुसुम गडेरी, समिदा खातुन, कृष्णकुमारी तामाङ्ग, परमेश्वर लाल साह, सत्रुधन महरा, बिरेन्द्र पासवान, रामउमेश दास, अर्जुन रिख्यासन, सदानन्द शर्मा, अख्तरी बिवी मियाँ, इफ्रान मियाँ, कामेश्वर खंग, सिता घिमेरे, चण्डिका प्रसाद घिमिरे, प्राणवती वतर्नी, सविता घिमिरे, काशी प्रसाद साह, लक्ष्मी राम, बद्री सदा, सुरेन्द्र कुमार साह, दिनेश डोम, इन्द्रजित मेहता, अन्जुला मंडल र राजेन्द्र राम रहेको पार्टी सचिव राजकुमार मण्डलले जानकारी दिनुभयो ।
शासकहरुले गम्भीर षडयन्त्र गरि तराई मधेशमा सम्राज्यबाद लादेर उपनिबेश कायम नै राख्ने मनुवादी सोचका साथ अघि बढ्ेकाले त्यसबिरुद्ध सशक्त शक्ति निर्माणका लागि पार्टी स्थापना भएको बताउनुहुँदै पार्टीका उपाध्यक्ष झब्बर प्रसाद रामले समता, स्वतन्त्रता, समानता, बन्धुत्व भाईचारा र सामाजिक न्यायका लागि आफ्नो पार्टी क्रियाशील रहने बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/19 एमाले सप्तरीमा निकै असन्तुष्टि, मन्त्रीले ल्याएको विकास योजनामा आफ्नै नेताहरुबाट बिरोध
- 2082/03/19 एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सुरुङ्गा नगरपालिकाद्वारा नगदसहित पुरस्कृत
- 2082/03/19 लाखौं मुल्य बराबरको भन्सार छलेका सामानहरु बरामद
- 2082/03/18 भ्रामक समाचार हाल्नेविरुद्ध कानुन अनुसार अघि बढ्ने ः पत्रकार महासंघ सप्तरी
- 2082/03/18 अस्पतालभित्रै महिलामाथि बलात्कारको प्रयास गर्ने पक्राउ
- 2082/03/17 बसको ठक्करबाट बालकको ज्यान गएको बिरोधमा स्थानीयद्वारा सडक अवरुद्ध
- 2082/03/17 आधारभूत पत्रकारिता तालिम सम्पन्न
- 2082/03/17 एसइईको नतिजाले सप्तरीको शिक्षामा प्रश्न चिन्ह
- 2082/03/17 जिल्ला प्रशासन कार्यालयमै पाकेटमारी गरेको आरोपमा एक वृद्ध पक्राउ
- 2082/03/17 राजगढमा सभागृह बन्दै
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ