News Category 2073/08/20
एसपी विरुद्ध पत्रकारहरुद्धारा दिउँसै मैनबत्ति जुलुस प्रदर्शन
दैनिक समाचारदाता
राजविराज, १९ मंसिर ।
जिल्ला प्रहरी कायाृलय सप्तरीका प्रमुख दिवेश लोहनीको सरुवाको माँग गर्दै आईतबार राजविराजमा दिउँसै पत्रकारहरुले मैनबत्ति जुलुस प्रदर्शन गरेको छ । नेपाल पत्रकार महासंघ शाखा सप्तरीको अगुवाईमा राजविराज स्थित शिब मन्दिरको प्राङ्गणबाट निकालिएको सो मैनबत्ति जु्लुस नगरको विभिन्न भागको परिक्रमा पशचत पुन शिब मन्दिरको प्राङ्गणमा पुगेर बिरोध सभामा परिणत भएको थियो । महासंघका कार्यबाहक अध्यक्ष श्रवण कुमार देवको अध्यक्षतामा आयोजित सो बिरोध सभामा महासंघका पुर्व अध्यक्ष शिबहरी प्रसाद भटराई ,प्रेस काउन्सिलका पुर्व सदस्य देबराम प्रसाद यादव , अबधेश कुमार झा लगायतका बक्ताहरुले प्रेस जगतमाथि दुव्यर्वहार गर्ने एसपीमाथि कार्बाही नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिनुभयो ।
यता सप्तरी आएका नवआगन्तुक प्रहरी उपरीक्षक लोहनीले योगगुरु रामदेवको समाचार संकलन गर्न छिन्नमस्ता मन्दिर पुगेका पत्रकारहरुलाई हातपात गर्दै दुव्र्यबहार गरेको घट्नाको बिरोधमा सप्तरीका पत्रकारहरु आन्दोलित भएका हुन् ।
यसैबिच नेपाल पत्रकार महासंघ सप्तरीका कार्यबाह अध्यक्ष श्रवण कुमार देवद्धारा जारी विज्ञप्तीमा आन्दोलनलाई सम्बोधन नगरी प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरिरहँदा नेपाल पत्रकार महासंघ शाखा सप्तरीको तथा सप्तरीका पत्रकारहरुको शाखा खसाउने काम प्रहरीबाटै भइरहेको महासंघको ठहर रहेको जनाएको छ । विगतमा प्रहरीले आयोजना गरेको कार्यक्रममा कुनै पनि पत्रकार सहभागी नभएजस्तै प्रहरीको कुनै पनि गतिविधी, पत्रकार सम्मेलन र कार्यक्रममा सहभागिता नजनाइदिन सम्पूर्ण संचारकर्मीहरुलाई आग्रह समेत गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/19 एमाले सप्तरीमा निकै असन्तुष्टि, मन्त्रीले ल्याएको विकास योजनामा आफ्नै नेताहरुबाट बिरोध
- 2082/03/19 एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सुरुङ्गा नगरपालिकाद्वारा नगदसहित पुरस्कृत
- 2082/03/19 लाखौं मुल्य बराबरको भन्सार छलेका सामानहरु बरामद
- 2082/03/18 भ्रामक समाचार हाल्नेविरुद्ध कानुन अनुसार अघि बढ्ने ः पत्रकार महासंघ सप्तरी
- 2082/03/18 अस्पतालभित्रै महिलामाथि बलात्कारको प्रयास गर्ने पक्राउ
- 2082/03/17 बसको ठक्करबाट बालकको ज्यान गएको बिरोधमा स्थानीयद्वारा सडक अवरुद्ध
- 2082/03/17 आधारभूत पत्रकारिता तालिम सम्पन्न
- 2082/03/17 एसइईको नतिजाले सप्तरीको शिक्षामा प्रश्न चिन्ह
- 2082/03/17 जिल्ला प्रशासन कार्यालयमै पाकेटमारी गरेको आरोपमा एक वृद्ध पक्राउ
- 2082/03/17 राजगढमा सभागृह बन्दै
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ