News Category 2073/08/20
एसपी विरुद्ध पत्रकारहरुद्धारा दिउँसै मैनबत्ति जुलुस प्रदर्शन
दैनिक समाचारदाता
राजविराज, १९ मंसिर ।
जिल्ला प्रहरी कायाृलय सप्तरीका प्रमुख दिवेश लोहनीको सरुवाको माँग गर्दै आईतबार राजविराजमा दिउँसै पत्रकारहरुले मैनबत्ति जुलुस प्रदर्शन गरेको छ । नेपाल पत्रकार महासंघ शाखा सप्तरीको अगुवाईमा राजविराज स्थित शिब मन्दिरको प्राङ्गणबाट निकालिएको सो मैनबत्ति जु्लुस नगरको विभिन्न भागको परिक्रमा पशचत पुन शिब मन्दिरको प्राङ्गणमा पुगेर बिरोध सभामा परिणत भएको थियो । महासंघका कार्यबाहक अध्यक्ष श्रवण कुमार देवको अध्यक्षतामा आयोजित सो बिरोध सभामा महासंघका पुर्व अध्यक्ष शिबहरी प्रसाद भटराई ,प्रेस काउन्सिलका पुर्व सदस्य देबराम प्रसाद यादव , अबधेश कुमार झा लगायतका बक्ताहरुले प्रेस जगतमाथि दुव्यर्वहार गर्ने एसपीमाथि कार्बाही नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिनुभयो ।
यता सप्तरी आएका नवआगन्तुक प्रहरी उपरीक्षक लोहनीले योगगुरु रामदेवको समाचार संकलन गर्न छिन्नमस्ता मन्दिर पुगेका पत्रकारहरुलाई हातपात गर्दै दुव्र्यबहार गरेको घट्नाको बिरोधमा सप्तरीका पत्रकारहरु आन्दोलित भएका हुन् ।
यसैबिच नेपाल पत्रकार महासंघ सप्तरीका कार्यबाह अध्यक्ष श्रवण कुमार देवद्धारा जारी विज्ञप्तीमा आन्दोलनलाई सम्बोधन नगरी प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरिरहँदा नेपाल पत्रकार महासंघ शाखा सप्तरीको तथा सप्तरीका पत्रकारहरुको शाखा खसाउने काम प्रहरीबाटै भइरहेको महासंघको ठहर रहेको जनाएको छ । विगतमा प्रहरीले आयोजना गरेको कार्यक्रममा कुनै पनि पत्रकार सहभागी नभएजस्तै प्रहरीको कुनै पनि गतिविधी, पत्रकार सम्मेलन र कार्यक्रममा सहभागिता नजनाइदिन सम्पूर्ण संचारकर्मीहरुलाई आग्रह समेत गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ