News Category 2073/08/20
एमालेको कार्यक्रम सप्तरीमा मधेशी मोर्चाले बिथोलिने
दैनिक समाचारदाता
राजविराज, १९ मंसिर ।
मधेश विरोधीको रुपमा आफुलाई अघि सारेको नेकपा एमाले पार्टीको जुनसुकै कार्यक्रमलाई सप्तरीमा निषेध गर्ने संयुक्त लोकतान्त्रीक मधेशी मोर्चा सप्तरीले जनाएको छ ।
संयुक्त लोकतान्त्रीक मधेशी मोर्चा सप्तरीका संयोजक अमरनाथ मण्डलको अध्यक्षतामा आईतबार बसेको बैठकले नेकपा एमाले पार्टीको मधेशका सवालहरुमा स्पष्ट र साकारात्मक परिवर्तन नआए सम्म उक्त पार्टीको जुनसुकै कार्यक्रम निषेध गर्ने निर्णाय गरिएको जनाएको छ । साथै नेकपा एमालेको कुनै पनि तह तपको जुनसुकै कार्यक्रमलाई निषेध गर्न विज्ञप्तीमा मार्फत मोर्चा आवद्ध दलका नेता कार्यकर्ता तथा अन्य सवैमा आग्रह समेत गरिएको छ ।
बैठकमा तराई मधेश लोकतान्त्रीक पार्टीका सह महामन्त्री जयप्रकाश ठाकुर, केन्द्रीय सदस्य अमरकान्त झा, राष्टिूय मधेश समाजवादी पार्टीका केन्द्रीय सचिव गजेन्द्र मण्डल, संघिय समाजवादी फोरम नेपाल तराई मधेश प्रादेशिक समितिका मुख्य सचिव शम्भु झा, सदभावना पार्टीका केन्द्रीय सदस्य दिनेशकुमार यादव, फोरम गणतान्त्रीकका केन्द्रीय सदस्य विषेश्वर यादव, तमलोपा सप्तरीका अध्यक्ष रामपृत यादव, रामसपा सप्तरीका अध्यक्ष शतिश सिंह, फोरम गणतान्त्रीक सप्तरीका अध्यक्ष हरेराम यादव, संघिय समाजवादी फोरम सप्तरीका सचिव उमेश यादव, विद्यार्थि मञ्चका केन्द्रीय अध्यक्ष किशोरकुमार यादव, केन्द्रीय सदस्य शम्भु यादव सहितकाहरुको उपस्थिती रहेको थियो ।
मधेशको भुमिमा आएर मधेश र मधेशीलाई अपमानित तुल्याउने कार्य, मधेश आन्दोलनलाई बदनाम गर्ने÷गराउने कार्य, मधेशी सहिदहलाई अपमानित गर्ने कार्य हामिलाई कदापि मान्य नहुने विज्ञप्तीमा उल्लेख गरिएको छ । पछिल्लो जारि मधेश आन्दोलन तथा त्यस पश्चात मधेश र मधेशीको सवालमा नेकपा एमालेका अध्यक्ष केपी ओली लगायत पार्टीका नेताहरुले अभिव्यक्त गर्दै आएका नैराश्यता पुर्ण अभिव्यक्तिहरुले मधेशको भावना माथि कुठाराघात गरेको उल्लेख गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ