News Category 2073/08/20
एमालेको कार्यक्रम सप्तरीमा मधेशी मोर्चाले बिथोलिने
दैनिक समाचारदाता
राजविराज, १९ मंसिर ।
मधेश विरोधीको रुपमा आफुलाई अघि सारेको नेकपा एमाले पार्टीको जुनसुकै कार्यक्रमलाई सप्तरीमा निषेध गर्ने संयुक्त लोकतान्त्रीक मधेशी मोर्चा सप्तरीले जनाएको छ ।
संयुक्त लोकतान्त्रीक मधेशी मोर्चा सप्तरीका संयोजक अमरनाथ मण्डलको अध्यक्षतामा आईतबार बसेको बैठकले नेकपा एमाले पार्टीको मधेशका सवालहरुमा स्पष्ट र साकारात्मक परिवर्तन नआए सम्म उक्त पार्टीको जुनसुकै कार्यक्रम निषेध गर्ने निर्णाय गरिएको जनाएको छ । साथै नेकपा एमालेको कुनै पनि तह तपको जुनसुकै कार्यक्रमलाई निषेध गर्न विज्ञप्तीमा मार्फत मोर्चा आवद्ध दलका नेता कार्यकर्ता तथा अन्य सवैमा आग्रह समेत गरिएको छ ।
बैठकमा तराई मधेश लोकतान्त्रीक पार्टीका सह महामन्त्री जयप्रकाश ठाकुर, केन्द्रीय सदस्य अमरकान्त झा, राष्टिूय मधेश समाजवादी पार्टीका केन्द्रीय सचिव गजेन्द्र मण्डल, संघिय समाजवादी फोरम नेपाल तराई मधेश प्रादेशिक समितिका मुख्य सचिव शम्भु झा, सदभावना पार्टीका केन्द्रीय सदस्य दिनेशकुमार यादव, फोरम गणतान्त्रीकका केन्द्रीय सदस्य विषेश्वर यादव, तमलोपा सप्तरीका अध्यक्ष रामपृत यादव, रामसपा सप्तरीका अध्यक्ष शतिश सिंह, फोरम गणतान्त्रीक सप्तरीका अध्यक्ष हरेराम यादव, संघिय समाजवादी फोरम सप्तरीका सचिव उमेश यादव, विद्यार्थि मञ्चका केन्द्रीय अध्यक्ष किशोरकुमार यादव, केन्द्रीय सदस्य शम्भु यादव सहितकाहरुको उपस्थिती रहेको थियो ।
मधेशको भुमिमा आएर मधेश र मधेशीलाई अपमानित तुल्याउने कार्य, मधेश आन्दोलनलाई बदनाम गर्ने÷गराउने कार्य, मधेशी सहिदहलाई अपमानित गर्ने कार्य हामिलाई कदापि मान्य नहुने विज्ञप्तीमा उल्लेख गरिएको छ । पछिल्लो जारि मधेश आन्दोलन तथा त्यस पश्चात मधेश र मधेशीको सवालमा नेकपा एमालेका अध्यक्ष केपी ओली लगायत पार्टीका नेताहरुले अभिव्यक्त गर्दै आएका नैराश्यता पुर्ण अभिव्यक्तिहरुले मधेशको भावना माथि कुठाराघात गरेको उल्लेख गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/19 एमाले सप्तरीमा निकै असन्तुष्टि, मन्त्रीले ल्याएको विकास योजनामा आफ्नै नेताहरुबाट बिरोध
- 2082/03/19 एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सुरुङ्गा नगरपालिकाद्वारा नगदसहित पुरस्कृत
- 2082/03/19 लाखौं मुल्य बराबरको भन्सार छलेका सामानहरु बरामद
- 2082/03/18 भ्रामक समाचार हाल्नेविरुद्ध कानुन अनुसार अघि बढ्ने ः पत्रकार महासंघ सप्तरी
- 2082/03/18 अस्पतालभित्रै महिलामाथि बलात्कारको प्रयास गर्ने पक्राउ
- 2082/03/17 बसको ठक्करबाट बालकको ज्यान गएको बिरोधमा स्थानीयद्वारा सडक अवरुद्ध
- 2082/03/17 आधारभूत पत्रकारिता तालिम सम्पन्न
- 2082/03/17 एसइईको नतिजाले सप्तरीको शिक्षामा प्रश्न चिन्ह
- 2082/03/17 जिल्ला प्रशासन कार्यालयमै पाकेटमारी गरेको आरोपमा एक वृद्ध पक्राउ
- 2082/03/17 राजगढमा सभागृह बन्दै
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ