News Category 2073/08/22
प्रहरी प्रमुखको आत्मलोचनापछि पत्रकारको आन्दोलन स्थगित
दैनिक समाचारदाता
राजविराज, २१ मंसिर ।
विगत ११ दिनदेखी आन्दोलनमा रहेका सप्तरीका पत्रकारहरु मंगलबारदेखी आन्दोलनलाई स्थगित गरेका छन् ।
सप्तरीका प्रहरी प्रमुख एसपी दिवेश लोहनीले राजविराजस्थित नेपाल पत्रकार महासंघको सभाहलमा गएर आत्मलोचना गर्दै घटनाबाट दुःखी भएको बताएपछि नेपाल पत्रकार महासंघ शाखा सप्तरीको बृहत बैठकले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु स्थगित भएको जनाएको छ ।
मंसिर ११ गते सप्तरीको छिन्नमस्ता शक्तिपीठमा योग गुरु रामदेव स्वामी मन्दिरमा पुजापाठ गर्न आएको बेला प्रहरी प्रमुख लोहनीले पत्रकार चन्दन यादवलाई कुटपिट गर्नुका साथै अन्य पत्रकारसँग दुरव्यवहार गरेका थिए । सोही विषयलाई लिएर सप्तरीका पत्रकारहरुले चरणबद्ध रुपमा आन्दोलन गर्दै आएका थिए ।
पत्रकारलाई कुटपिटको बारेमा गृहमन्त्री समेतलाई ज्ञापनपत्र तथा पहिलो चरणको आन्दोलनका क्रममा हातमा कालो पट्टी बाँधेर बिरोध प्रदर्शन तथा मैनबत्ति जुलुस निकालेका थिए भने दोश्रो चरणका कार्यक्रम अन्तरगत मंगलबार एक घण्टा जिल्ला प्रशासन कार्यालय सप्तरीमा धर्ना दिएका थिए ।
यसैबीच नेपाल पत्रकार महासंघ सप्तरीका कार्यवाहक अध्यक्ष श्रवण कुमार देवले एक विज्ञप्ति प्रेषित गर्दै आन्दोलनप्रति एक्यबद्धता जनाएका सम्पूर्ण राजनीतिक दल, संघसंस्था, बुद्धिजिवि लगायतलाई धन्यवाद दिँदै हार्दिक कृतज्ञा व्यक्त गर्नुभएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/15 ल्यावमा तोडफोड, एक जना पक्राउ
- 2082/08/15 धान दाउन गराइरहेका पासवानको मोटरसाइकल ठक्करबाट मृत्यु
- 2082/08/15 मझौउमा हरित, सफा तथा सुरक्षित बिद्यालय घोषणा
- 2082/08/14 टे«ड युनियनलाई बलियो बनाउन नयाँ योजनाका साथ अघि बढ्न सुझाव
- 2082/08/14 औषधी ऐन खारेजीका माग गर्दै औषधी ब्यवसायी आन्दोलित
- 2082/08/14 सडक मर्मत सम्भार हुन नसक्दा दिनहुँजसो दुर्घटना
- 2082/08/12 बिहेको प्रलोभन देखाएर शारीरिक सम्बन्ध बनाएपछि बिच्चलीमा नवालिका
- 2082/08/12 विवाहमा नाच्दै गर्दा जेनेरेटरको फ्यानमा कपाल फँसेर गम्भिर घाईते
- 2082/08/12 सुरुङ्गामा डुबेर एक वृद्धको मृत्यु
- 2082/08/11 अदालतलाई कम्प्युटर र प्रिन्टर सहयोग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ