News Category 2073/08/22
“घर फुसको तर, चर्पी पक्कीको”
दैनिक समाचारदाता
राजविराज, २१ मंसिर ।
खुल्ला दिसा मुक्त अभियान अन्तरगत सप्तरीको पातो गाविसमा अधिकांश स्थानियले घरको अवस्था दयनिय रहे पनि चर्पी भने पक्कीको निर्माण गरेका छन् ।
अहिले स्थानियहरुले आफ्नो कामकाज छोडेर चर्पी निर्माण कार्यलाई प्राथमिक्ता दिईरहेका छन् । गाउँलाई सफा तथा स्वच्छ राख्ने अभिप्रायका साथ लागि परेका पातोबासिले यसै साता भित्रै खुल्ला दिसा मुक्त घोषणा गर्ने प्रतिवद्धता समेत ब्यक्त गरेका छन् ।
पातो गाविस वडा नं. ३ मा अवस्थित सुन्दरपुर बस्तीमा जहाँ सदा (दलित) समुदायको १ सय ६५ घर रहेको छ त्यहा सम्पुर्ण घर फुसको तर, चर्पी भने पक्कीको निर्माण गरेका छन् ।
स्थानीय थकाई सदाले छोरा बिदेश गएकोले आफु र परिवारमात्र घरमा रहेकोेले सुरक्षाको दृष्टीकोणले समेत चर्पी घरमा हुनुपर्ने आवश्यक्ता महसुस गरि चर्पी बनाउन लागेको बताएका छन् ।
कुल ९ सय २६ घरधुरी रहेको उक्त पातो गाविसलाई ३२ औं खुल्ला दिसा मुक्त घोषणा गर्न जिल्ला स्तरीय सरसफाइ तथा स्वच्छता समन्वय समिति सप्तरीमा आवदेन गरिसकेको र यही साता भित्र खुल्ला दिसा मुक्त क्षेत्र घोषणा हुने सबल नेपालका फिल्ड अधिकृत शुभ नारायण यादवले जानकरी दिनुभयो ।
सो गाविसमा कार्यक्रम लागु हुदाँ कुल १ सय ७५ घरधुरीमा मात्र चर्पी रहेको र सबल नेपालबाट परिचालित कर्मचारीहरुले समुदायका ब्यक्तिहरुलाई बिभिन्न किसिमका कृयाक्लाप संचालन गरि जनचेतना फैलाएको कारण यो सम्भव हुन सकेको गाविस सचिव तथा गाविस स्तरीय सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष बिनोद ठाकुरले बताउनु भयो ।
त्यसैगरि पातो गाविस बाहेक औरही र भुतहीमा समेत सोही कार्यक्रम संचालन भइरहेको छ । सो गाविसमा खुल्ला दिसा मुक्त अभियानले तिब्रता पाएपछि ९० प्रतिशत शौचालय निर्माण भई सकेको फिल्ड अधिकृत यादवले जानकारी दिनुभयो ।
जिएसएफ युएनह्याविटाटसँगको साझेदारीमा सबल नेपाल सप्तरीद्वारा संचालित खुल्ला दिसा मुक्त प्रबद्र्धन कार्यक्रम अन्र्तगत समुदायले आप्mनै प्रयासमा चर्पी निर्माण गर्नुले सप्तरी जिल्लालाई निकट भविष्यमै खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्न सकिने सबल नेपालका कार्यकारी निर्देशक दिपक कुमार झाले विश्वास व्यक्त गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/09 जेठानीको कुटाईबाट देवरानीको पाँच महिने गर्भ तुहियो
- 2082/05/09 वैदेशिक रोजगारीमा मलेशियामा रहेका रुपनीका एक युवकको मृत्यु
- 2082/05/09 मधेस प्रदेश सरकारद्वारा सुरक्षा निकायलाई सवारी साधन हस्तान्तरण
- 2082/05/08 खडेरीको मारमा परेका किसानलाई लक्षित गरि खाडोको पानी बाधेर खेत खेतमा पु¥याइयो
- 2082/05/08 महिला संघ सप्तरीकी पहिलो अध्यक्ष पुष्पाको निधन
- 2082/05/08 चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु
- 2082/05/06 नगरपालिका र संर्घष समितीबीच दुई बुंदे सहमति पश्चात् आन्दोलन स्थगित
- 2082/05/06 वर्तमान राजनीतिक अवस्था आर्थिक दिवालियापनको स्थितिमा पुगेको राष्ट्रिय मुक्ति पार्टीको ठहर
- 2082/05/06 गलत सूचना प्रकाशन, झुठा समाचार र ब्ल्याकमेल गर्ने जस्ता प्रवृत्तिलाई नियन्त्रण गर्न कानुनी प्रावधान आवश्यक छ ः मन्त्री लेखी
- 2082/05/05 लालपुर्जाका लागि संर्घषरत नगरवासी पीडित समितीद्वारा आन्दोलन सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ