News Category 2073/08/21

पत्रकारको आन्दोलनप्रति बिभिन्न पेशागत संघ–संगठनका पदाधिकारी एवं राजनीतिक दलका नेताहरुद्वारा ऐक्यबद्वता

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २० मंसिर ।
सप्तरीका पत्रकारहरुद्वारा थालिएको आन्दोलनप्र्रति बिभिन्न पेशागत संघ–संगठनका पदाधिकारी एवं राजनीतिक दलका नेताहरुले ऐक्यबद्वता जनाएका छन् । 
योग गुरु रामदेव सप्तरीको छिन्नमस्ता आउँदा गत मंसिर ११ गते एसपी दिवेश लोहनीले सप्तरीका पत्रकार चन्दन यादवलाई कुट्दै अन्य पत्रकारहरुसँग दुव्र्यबहार गरेका थिए । सोही घट्नाको बिरोधमा सप्तरीका पत्रकारहरुले गृहमन्त्रीलाई स्थानीय प्रशासन मार्फत सरुवाको माग गर्दै ४८ घण्टे अल्टिमेटम दिएका थिए । 
सो कार्यक्रममा उनीहरुले पत्रकारहरुले राखेको माग पूरा हुनुपर्नेमा जोड् दिएका छन् । 
ज्ञापन पठाउँदा पनि सम्बन्धित निकायले कुनै किसिमको ध्याद नदिँदा पत्रकारहरु नेपाल पत्रकार महासंघ शाखा सप्तरीको अगुवाईमा पछिल्लो चार दिन यता आन्दोलन गर्दै आएका छन् । 
आन्दोलन अन्तर्गत पेशागत संघ–संगठन तथा राजनीतिक दलका नेताहरुसँग महासंघको सभाहलमा सोमबार अन्तरकृया गरिएको हो । अन्तरकृयामा बोल्दै बक्ताहरुले पत्रकारहरुले राखेको माग जायज भएको हुँदा एसपीको सरुवा गर्नुपर्नेमा जोड् दिए । 
प्याव्सन सप्तरीका अध्यक्ष पंचदेव यादवले घाइते बाघलाई राखिराख्नु खतरनाक हुन सक्न्े भएकाले सरुवा गरेकै राम्रो हुने बताए । 
एन प्याब्सनका जिल्ला अध्यक्ष बौकु साहले आन्दोलनलाई जारी राख्न आग्रह गर्दै एन प्याव्सनको पूर्ण सहयोग रहने बताए । 
सप्तरी जिल्ला बार एशोसिएशनका अध्यक्ष राम प्रसाद चौधरीले जारी आन्दोलनमा ऐक्यबद्वता जनाउँदै कानुन व्यवसायीहरुबाट हुने हरेक किसिमको सहयोग गर्न तयार भएको प्रतिबद्वता व्यक्त गरे । 
गाविस कर्मचारी संघका अध्यक्ष पर्शुराम यादवले पत्रकारहरुको आन्दोलनमा आफूहरु तन, मन र धनले सहयोग गर्ने बताउँदै हरेक आन्दोलनमा सहभागिता जनाउने बताए । 
शिक्षक महासंघ सप्तरीका अध्यक्ष फुलेश्वर मण्डलले एसपी स्वयंले पत्रकारलाई कुट्ने घट्नाको जति निन्दा गरेपनि कम हुने बताउँदै पत्रकार कुट्ने एसपीको सरुवा हुनैपर्ने बताए । उनले आन्दोलनमा शिक्षकहरुको ऐक्यबद्वता रहेको बताए । 
बैद्विक समाजका अध्यक्ष सुदम्बर यादवले अन्य संघ–संगठनसँग पनि सहकार्य र समन्वय गरी आन्दोलनलाई सशक्त बनाउनुपर्ने धारणा व्यक्त गरे । 
नागरिक संजालका पूर्व अध्यक्ष सुखराम यादवले पत्रकारहरुको आन्दोलनमा सबैको सहयोग रहने विश्वास व्यक्त गरे । 
कार्यक्रममा बोल्दै तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रिय सह महामन्त्री जयप्रकाश ठाकुर, राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रिय सचिव गजेन्द्र मण्डल, मधेशी मोर्चाका जिल्ला संयोजक अमरनाथ मण्डल, सद्भावना पार्टीका केन्द्रिय सदस्य दिनेश यादव, रामसपाका जिल्ला अध्यक्ष सतिश सिंह, विद्यार्थी मंचका केन्द्रिय अध्यक्ष किशोर कुमार यादवसहितकाले आन्दोलनमा पूर्ण समर्थन रहेको बताउँदै सहयोग गर्ने प्रतिबद्वता समेत व्यक्त गरे । 
नेपाल पत्रकार महासंघ सप्तरीका कार्यबाहक अध्यक्ष श्रवणकुमार देवको अध्यक्षतामा आयोजित कार्यक्रममा महासंघका पार्षद बैद्यनाथ यादव, श्यामसुन्दर यादवसहितकाले मन्तव्य व्यक्त गरेका थिए । 
यसैबीच मंगलबार बिहान ११ देखि १२ बजेसम्म एसपीबिरुद्व जिल्ला प्रशासन कार्यालयमा धर्ना बस्ने कार्यक्रम तय भएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट