News Category 2073/08/21
पार्टीको गतिविधिलाई निषेध गर्न खोज्नु निरंकुशताको पराकाष्टा भएको एमाले सप्तरीको ठहर
दैनिक समाचारदाता
राजविराज, २० मंसिर ।
मधेशी मोर्चा सप्तरीको नाममा केही मधेशवादी दलहरुले नेकपा एमालेको सप्तरी जिल्लामा कुनै पनि गतिविधी गर्न नदिने निर्णय गरेकोप्रति सो पार्टीको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
नेकपा एमाले सप्तरीका अध्यक्ष गोबिन्द न्यौपानेद्वारा सोमबार जारि विज्ञप्तिमा सो गम्भिर ध्यानाकर्षण भएको जनाउँदै एमाले जस्तो जिम्मेवार पार्टीको गतिविधिलाई निषेध गर्न खोज्नु निरंकुशताको पराकाष्टा भएको ठहर गरेको छ ।
वैचारिक प्रतिष्पर्धा गर्न नसक्नेहरुले निषेध गर्न चाहेको उल्लेख गर्दै विज्ञप्तिमा जनमत र अभिमतको हिसाबले पनि मधेशमा निषेधको राजनीति बिरुद्ध उत्रन सक्षम रहेको जानकारी गराइएको उल्लेख छ ।
विज्ञप्तिमा कुनै पनि दल वा समूहका नाममा गरिने निषेधको राजनीति लोकतान्त्रिक मुल्य र मान्यताको बिरोधी भएको ठहर गर्दै जो सुकै दल वा समूहको नाममा जारि गरिएको उर्दी खारेज गर्दै कुनै पनि खालको यस्ता गतिविधि नगर्न सम्बन्धित सबैमा आग्रह गरिएको छ ।
विज्ञप्तिमा द्वन्द्व सृजना खोज्ने तत्वहरुप्रति सजग रहन सबैलाई आह्वान गर्दै यसबाट यस्ता तत्वहरुबाट हुन सक्ने सम्भावित अशान्ति र असुरक्षाप्रति सचेत रहन स्थानिय प्रशासनको ध्यानाकर्षण गराइनुका साथै मुलुकका कुनै पनि भुभागमा आन्दोलनको नाममा हुने साम्प्रदायिक सद्भाव खलबलाउने कार्यको घोर भत्र्सना गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/09 सप्तरीको चार वटै निर्वाचन क्षेत्रमा रोचक प्रतिष्पर्धा हुने
- 2082/10/09 क्षेत्र नं. ४ बाट दुई जनाले लिए उम्मेदवारी फिर्ता
- 2082/10/08 नगरपालिकाद्वारा विद्यार्थीलाई निःशुल्क पुस्तक प्रदान
- 2082/10/08 क्षेत्र नं. १ मा एकको उम्मेदवारी रद्द, २१ जनाको कायम
- 2082/10/08 डुबेर एक किशोरीको मृत्यु
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ