News Category 2073/08/23
तिवारीको मागप्रति बौद्धिक व्यक्तित्व एवं अधिकारकर्मीद्वारा ऐक्यबद्धता
दैनिक समाचारदाता
राजविराज, २२ मंसिर ।
विभिन्न बौद्धिक व्यक्ति तथा अधिकारकर्मी सि.के. लाल, दमननाथ ढुंगाना, खगेन्द्र संग्रौला, पदम रत्न तुलाधर, विजय कान्त कर्ण, डा. भाष्कर गौतम, रुपा झा, रिता साह, दिपेन्द्र झा, दिग्विजय मिश्रा र तुला नारायण साहले एक संयुक्त विज्ञप्ति जारि गर्दै तिवारीकोे दिनप्रतिदिन बिग्रिदै गएको स्वास्थ्य अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै जायज मागप्रति ऐक्यवद्धता रहेको जनाइएको छ ।
सो विज्ञप्तिमा गजेन्द्र नारायण सिहं सगरमाथा अञ्चल अस्पतालको सुधारोन्नतीको माग गर्दै आमरण अनसनमा बसेका नेता तिवारीको मृगौलामा समस्या आउनुको साथै उठ्बस गर्नसमेत समस्या देखिएको उल्लखे गरिएको छ ।
विज्ञप्तिमा विगत १५ दिनदेखी अनसन बसेका तिवारीले नेपालको संविधानद्वारा प्रदत्त प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक सुनिश्चिताको माग गर्दै आएका जनाउँदै नागरिकको जिवन रक्षाको दायित्व राज्यको हो भन्दै नेपाल सरकार र सम्बन्धित निकायले तत्काल यस विषयमा गम्भीरता देखाई नेपाल सरकारलाई निजको माग यथासिघ्रि सम्बोधन गरी जिवन रक्षा गर्न अपिल समेत गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ