News Category 2073/08/24
विधेयक परिमार्जन गरेर पारित गरिएपनि मधेशीको आंशिक माग मात्र पूरा हुने ः अध्यक्ष झा
दैनिक समाचारदाता
राजविराज, २३ मंसिर ।
नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले संसदमा दर्ता गरिएको गरिएको संविधान सशंोधन विधेयक परिमार्जन गरेर पारित गर्नुपर्ने बताउनु भएको छ ।
नेपाल सद्भावना पार्टी सप्तरी जिल्ला कार्य समिति सप्तरीको बिस्तारित बैठक अघि बिहीबार गरिएको पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनु भएको हो ।
अध्यक्ष झाले पेश गरिएको विधेयक परिमार्जन गरेर पारित गरिएपनि मधेशीको आंशिक माग मात्रै पूरा हुने जिकिर गर्नुभयो ।
उहाँले संशोधन विधेयकप्रति मोर्चा पनि असन्तुष्ट रहेको भन्दै मोर्चा यस पक्षमा गए विधेयकको विपक्षमा रहेको एमाले पनि सहमतिमा आउने विश्वास व्यक्त गर्नुभयो ।
यस्तै सोही रापत्रकार सम्मेलनमा अध्यक्ष झाले सरिता गिरीको पार्टीसँग कुनै सम्बन्ध नरहेको प्रष्ट पार्नुभयो । नेपाल सद्भावना पार्टी र आफ्नो नेतृत्वको संघिय सद्भावना पार्टीबीच २०७१ साल फागुनमा एकीकरण भएपछि गिरी आफैं पार्टी परित्याग गरेको र अहिले आएर आफू नै अध्यक्ष रहेको बताउनु हास्यास्पद भएको जानकारी दिनुभयो ।
उहाँले पार्टीको २०७२ चैतमा भएको महाधिवेसनमा गिरीलाई प्रतिनिधी बनाइएपनि उहाँ नआएको र उल्टै अदालतमा गएर मुद्दा हालेपनि सफल हुन नसकेको बताउनुभयो । गिरीले दुई पटक आफ्नो चुनावचिन्ह र झण्डा प्रयोग नगर्न अदालतमा मुद्दा हालेको तर माग गरिए अनुसारको अन्तरिम आदेश नभएको उल्लेख गर्नुभयो ।
सोही समयमा गिरीले आफैं फेसबुकमा स्टाटस लेख्दै पार्टी परित्याग गरेको भनी सार्वजनिक गरेको उल्लेख गर्दै झाले राजविराजमै आएर पार्टीको अध्यक्ष भएको भन्दै लेटर प्याड प्रयोग गरेको बारेमा आफूले निर्वाचन आयोगमा उजुरी दिएको जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा पार्टीका उपाध्यक्ष रामबाबु यादव, केन्द्रिय सदस्य रामबृक्ष महतो, सुरेश सिंह, जिल्ला अध्यक्ष अमरनाथ मण्डल लगायत अन्य नेताहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ