News Category 2073/08/25

अनशनको १७ औं दिन तिवारीको समर्थनमा दिनहुँ प्रदर्शन

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २४ मंसिर । 
राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल सुधारको माग गर्दै विगत १७ दिनदेखि अनशनरत नेपाल सदभावना पार्टी (गजेन्द्रवादी) का केन्द्रिय अध्यक्ष विकास तिवारीको समर्थनमा दिनहुँ प्रदर्शन भइरहेको छ । 
यसै क्रममा शुक्रवार पनि विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागि विद्यार्थीहरुले तीवारीको जीवन रक्षा गर, तिवारीले उठाएका जायज माग सम्वोधन गर लगायतका नारा लेखिएका प्ले कार्ड वोकेर प्रदर्शन गरेका हुन् । 
तिवारीले उठाएका मागहरु सम्वोधन गर्न सरकार संवेदनशील नरहेको भन्दै उनीहरु प्रशर्दनमा उत्रिएका छन् । यता लामो अनसनका कारण गलाएको तीवारीको छाती दुख्ने, जिउ र मांसपेशी वटारिने, रक्तचाप घटने लगायतका समस्या दिनदिनै वढि रहेको छ । 
यता आन्दोलनप्रति विभिन्न संघ संस्थाहरुको समर्थन बढदै गईरहेको छ । यसैबिच तिवारीको आमरण अनसनको समर्थनमा नेपाल शिक्षक महासंघ सप्तरी सहित शिक्षकहरुका विभिन्न पेशागत संघ संस्थाहरुले एक्यवद्धता जनाएको छ । 
महासंघका सचिव सुरेन्द्र प्रसाद यादवद्वारा जारी विज्ञप्तीमा आमरण अनसनमा बस्नुभएका अध्यक्ष तिवारीको स्वास्थ्य अवस्था एकदमै नाजुक बन्दै गएकोमा उहाँको स्वास्थ्य लाभको समेत कामना गर्दै जिवन रक्षाको आग्रह सहित माँगहरु तत्काल सम्बोधन गर्न राज्य तथा सम्बन्धित पक्षसँग जोडदार रुपमा माँग गरिएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट