News Category 2073/08/25
सिँचाई मँत्री गिरीद्वारा खाडो नदी नियन्त्रण आयोजनाको उद्घाटन
दैनिक समाचारदाता
राजविराज, २४ मंसिर ।
सिंचाईमन्त्री दिपक गिरीले जल उत्पन्न प्रकोप ब्यवस्थापन विभाग अन्र्तगत सप्तरी जिल्लामा स्थापना गरिएको खाडो नदी नियन्त्रण आयोजनाको शुक्रबार राजविराजमा उद्घाटन गर्नुभएको छ ।
चन्द्रनहर कोशी पप्प सिँचाई आयोजनाको कार्यालय हातामा स्थापना गरिएको सो खाडो नदी नियन्त्रण आयोजना कार्यालय भवनको पनि मन्त्रीले उद्घाटन गर्नुका साथै निरिक्षण समेत गर्नुभयो ।
सात बर्ष संचालन अवधि रहेको सो आयोजनाबाट सप्तरीको चुरे क्षेत्रको खाडो नदीको उदगम स्थल फुटहीलदेखि नेपाल भारत सिमा तिलाठी गाबिस सम्म उक्त नदीको दायाँ र बायाँ क्षेत्रमा करिब ३० किलो मिटर तटबन्ध निर्माण गर्ने कार्यक्रम रहेको छ ।
खाडो आयोजना संचालन तथा खाडो खोला तटवन्ध निर्माणको लागि चालु आर्थिक बर्ष २०७३÷०७४ मा १४ करोड ५० लाख बजेट बिनयोजन गरिएको आयोजनाले जनाएको छ ।
सो अवसरमा मन्त्री गिरिले खाडो नदी नियन्त्रण आयोजनालाई बजेट, दक्ष जनशक्ति तथा पुर्वधारको यथासिघ्र ब्यवस्था गरि छिटो भन्दा छिटो पुरा गर्नुपर्ने निर्देशन दिनुभयो ।
आयोजना संचालन गरेर मात्र हुदैन त्यसको बैज्ञानिक ब्यवस्थापन आवश्यक रहेको उल्लेख गर्दै मन्त्री गिरिले जल उपभोत्ता संस्थाहरुको गलत रबैयाको कारण सिँचाईको बिकासमा समस्या परेको गुनासो गर्नुभयो ।
कोशी नदीको कटानबाट पीडित जनताले क्षतिपुर्ती पाउनुपर्ने र त्यस तर्फ आफु लागेको समेत उहाँले प्रतिबद्धता ब्यक्त गर्नुुभयो ।
सप्तरीका सांसद सुरेन्द्र प्रसाद यादवले सरकारी तर्फबाट सिँचाई क्षेत्रमा लगानी हुने बजेटमा ब्यापक भ्रष्टचार भएकोले त्यसमा सुधारर्नुपर्ने उल्लेख गर्दै राष्ट्रिय आयमा बृद्धि गर्न कृषि र सिँचाइ क्षेत्रमा लगानी आवश्यक रहेका बताउनुभयो ।
सिँचाई मन्त्रालायका सचिव गजेन्द्र ठाकुरले खाडो नदिबाट सप्तरी जिल्लाको दक्षिण क्षेत्रका जनता पीडित भएको उल्लेख गर्दै खाडो नदि नियन्त्रण भएमा नेपाल र भारतका जनतामा डुवान समस्या हट्ने जिकिर गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ