News Category 2073/08/25
बस दुर्घटनामा चारको मृत्यु
दैनिक समाचारदाता
उदयपुर, २४ मंसिर ।
उदयपुर जिल्लाको लेखानी गाविस ५ भदौरे भन्ने स्थानमा शुक्रबार विहान बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
सो दुर्घटनामा परी मृत्यु हुनेहरुमा सप्तरीको मुधुपट्टी गाविस ८ स्थित जनचेतना दलित संगम नामक गैरसरकारी संस्थाको भ्रमण टोलीका सदस्यहरु रहेका छन् । संस्थाले भ्रमण टोलीका सदस्यहरुलाई हलेसी दर्शन गराउन लगेको थियो ।
दुर्घटनामा जनचेतना दलित संगमका अध्यक्ष गणेश रामकी ३३ वर्षीया श्रीमति कुसुम देवी राम र उनका १३ वर्षीय छोरा दिपेश रामको रहेका छन् । यस्तै मधुपट्टी गाबिस ६ की ६० वर्षीया सरस्वतीदेवी राम र ठकन रामको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसमा सवार ४२ जना मध्ये १० जना गम्भीर र अन्य २९ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको कटारी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
खोटाङको प्रसिद्ध हलेसी महादेव मन्दिरको दर्शन गरेर फर्किँदै गरेका तीर्थयात्री सवार ना ४ ख ३६२० नम्बरको बस कटारी घुर्मी सडकखण्ड अन्तर्गत उदयपुरको लेखानी ५ भदौरे करिब २ सय मिटर तल खसेको थियो ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय कटारी, जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी घुर्मीबाट प्रहरी टोली खटि गई घाइतेहरुको उद्दार गरी उपचारका लागी पठाएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ