News Category 2073/08/28
गुणस्तरिय तथा समावेशी शिक्षाको लागि महिला शिक्षकहरुको भेला हुने
दैनिक समाचारदाता
राजविराज, २७ मंसिर ।
जिल्ला शिक्षा कार्यालय सप्तरीको आयोजना तथा सेभ द चिल्डे«नको सहयोगमा आगामी पुस १ र २ गते सप्तरीमा गुणस्तरिय तथा समावेशी शिक्षाको लागि महिला शिक्षकहरुको भेला हुने भएको छ ।
जिल्ला शिक्षा कार्यालय सप्तरीले सोमबार पत्रकार सम्मेलनको आयोजना सो भेला हुने जानकारी दिएको छ ।
सो पत्रकार सम्मेलनमा जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डेले शिक्षा क्षेत्रमा महिला शिक्षकहरुको उल्लेखनिय योगदान हुदाँहुदै पनि महिला शिक्षकहरुको प्रायः अगाडी आउने वातावण नभएको भन्दै सिमित मात्रामा महिला शिक्षकहरु प्रशासनिक पदमा आसिन रहेको जानकारी दिनुभयो ।
उहाँले हाल सप्तरी जिल्लाका सामुदायिक विद्यालयहरुमा ५ सय ८८ मात्र महिला शिक्षकहरु रहेको जानकारी दिनुभयो ।
जिशिअ पाण्डेले महिला शिक्षकहरुमा भएका प्रतिभाहरु बाहिर आउन नपाइरहेको अवस्थामा जिल्ला भरिका महिला शिक्षकहरुको उपस्थितिमा मास महिला शिक्षकहरुको भेला गर्ने मनयसायले महिला शिक्षक भेला गर्न लागेको बताउनुभयो ।
उहाँले सो भेलाबाट महिला शिक्षकले गरेका राम्रा तथा सफल अभ्यासहरु सवैले जानकारी पाउने, महिला भएकै कारण समस्याहरुको साथै तत्कालै र दिर्घकालमा समाधान गर्नु पर्ने विषयवस्तुहरुको बारेमा छलफल भई सामाधानका योजना तय हुने लक्ष्य रहेको जानकारी दिनुभयो ।
जिशिअ पाण्डेले दुई दिने उक्त भेलामा महिला शिक्षकहरुलाई सम्मान समेत गर्ने कार्यक्रम रहेकोले सरकारी विद्यालयको सबै महिला शिक्षकहरु, संस्थागत विद्यालयको केही महिला शिक्षकहरु र बालविकास केन्द्रका केही सहयोगी शिक्षकहरुलाई समेत सम्मिलित गरिने बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ