News Category 2073/09/01
८ वर्षिय बालकको अपहरणपछि हत्या, तीन पक्राउ
दैनिक समाचारदाता
राजविराज, ३० मंसिर ।
सप्तरीका एक ८ वर्षिय बालकको अपहरणपछि हत्या गरिएको प्रहरीले जनाएको छ ।
हत्या भएको २० दिनपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले बालकको शव शौचालयको सेप्mटी ट्याङकबाट बरामद गरेकोपछि विहीबार पत्रकार सम्मेलनको आयोजना गरि सो घटना बारे सार्वजनिक गरेको हो ।
प्रहरीले अपहरण र हत्यामा संलग्न भएको आरोपमा ३ जनालाई नियन्त्रणमा समेत लिएको छ । सप्तरीका प्रहरी उपरीक्षक दिवेश लोहनीले सप्तरीको हरिपुर गाविस ३ का रामगोविन्द साहका ८ वर्षीय छोरा दुर्गानन्दको अपहरणपछि हत्या भएको जानकारी दिनुभयो ।
प्रहरीले अपहरण र हत्यामा संलग्न भएको आरोपमा हरिपुर ३ का चुडामणि ठाकुर, हरिपुर १ का सामबाबु गुप्ता र देउरी गाविस २ का कपिलदेव दासलाई नियन्त्रणमा लिएको जनाएको छ ।
उहाँले छिमेकी चुडामणि ठाकुरले गत मंसिर ११ गते साँझ ६ बजे बालक दुर्गानन्दलाई खरायो देखाइदिने भन्दै अपहरण गरि आप्mनो घर लगेको प्रहरीको अनुसन्धानले देखाएको बताउनुभयो ।
प्रहरी उपरीक्षक लोहनीले ठाकुरले अन्य दुई सहयोगीले बालक दुर्गानन्दलाई सोही दिन राति मुख थुनेर हत्या गरि छिमेकी पन्नेलाल साहको शौचालयको सेफ्टी टयाङकीमा लुकाएको बताउनुभयो भयो ।
अपहरण र हत्या गरेको ६ दिन पछि ठाकुरले बालक दुर्गानन्दकी आमा ममतादेवीलाई मोबाइलमा पाँचलाख रुपैयाँ नदिए र प्रहरीलाई खबर गरे बालकको ज्यान लिने भन्दै एसएमएस पठाएका थिए ।
यता ठाकुरले म्यासेज पठाउनु अघि ११ गते नै दुर्गानन्दको हत्या गरिसकेको उपरीक्षक लोहनीले बताउनुभयो ।
प्रहरीले कल डिटेल र आधुनिक प्रविधि प्रयोग गरी हत्यामा संलग्न आरोपीहरुलाई पक्राउ गर्न सफल भएको प्रहरीले दाबी गरेको छ ।
यसैबीच शौचालयको सेफ्टी ट्याङकीमा फेला परेका बालकको शवलाई पोष्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको प्रहरी नायब उपरिक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ