News Category 2073/09/01
न्यानो कपडा र आगो बाल्ने दाउराको उचित प्रबन्ध गर्न माग
दैनिक समाचारदाता
राजविराज, ३० मंसिर ।
संघीय समाजवादी फोरम नेपाल तराई मधेश प्रदेश तदर्थ समितिका मुख्य सचिव शम्भु झाले शीतलहर बढेसँगै तराई मधेशका विपन्न बस्तीमा अहिले न्यानो कपडाको अभावका कारण सर्वसाधारण घुरको सहारामा जाडोसँग लड्न बाध्य भएको बताउनु भएको छ । उहाँले घुरका लागि पनि दाउराको अभावमा आगो बाल्न समेत कठिनाई उत्पन्न भएको जनाउनु भएको छ ।
मुख्य सचिव झाद्वारा बिहीबार जारि विज्ञप्तिमा गत मंसिर १९ गतेदेखि अचानक मौसम परिवर्तन भई एकाएक शीतलहर चल्न थालेपछि जनजीवन प्रभावित भएको जनाउँदै शीतलहरकै कारण सप्तरी जिल्लामा तीन जनाको मृत्यु हुनुका साथै महोत्तरी, बारा, पर्सा, सर्लाही लगायतको तराई मधेशका जिल्लाहरुमा दश जनाभन्दा बढीको ज्यान गएको उल्लेख छ ।
पछिल्लो केही दिन यता बढेको अत्यधिक चिसो र शीतलहरका कारण तराई मधेशको जनजीवन कष्टकर बन्दै गएको छ ।
जारि विज्ञप्तिमा जाडोका कारण सर्वसाधारणको जीवन कष्टकर बन्दै गएपनि सरकारी स्तरवाट हालसम्म कुनै पहल हुन नसक्नुले राज्यको निरिहतालाई प्रमाणित गरेको उल्लेख छ ।
विज्ञप्तिमा तराई मधेशमा बढेको जाडोवाट सर्वसाधारणलाई जोगाउन तत्काल न्यानो कपडा र आगो वाल्ने दाउराको उचित प्रबन्ध गरि बितरण गर्न सरकारसित माग गरिएको छ । यसका साथै वजार र ग्रामिण क्षेत्रका बिभिन्न चौकहरुमा सरकारीस्तरवाट आगो वाल्ने ब्यबस्था समेत मिलाउन आग्रह गरिएको छ ।
साथै विज्ञप्तिमा न्यानो लुगाको अभावमा जाडोका कारण ज्यान गुमाएकाहरुको परिवारलाई तत्काल राज्यको तर्फवाट राहत उपलब्ध गराउन माग गर्दै जाडोका कारण अन्य नागरिकलाई ज्यान गुमाउनु नपरोस् भन्नेतर्फ समयमै सचेत हुन समेत सरकारलाई आग्रह गर्नुभएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ