News Category 2073/09/02
जिल्लामा पहिलो पटक महिला शिक्षकहरुको भेला सुरु
दैनिक समाचारदाता
राजविराज, १ पुस ।
सप्तरीमा पहिलो पटक महिला शिक्षकहरुको भेला राजविराजमा शुक्रबारदेखी सुरु भएको छ । जिल्ला शिक्षा कार्यालय सप्तरीको आयोजनामा तथा सेभ द चिल्ड्रेनको सहयोगमा उक्त दुई दिने महिला शिक्षकहरुको भेला सुरु भएको हो ।
सामुदायिक विद्यालय सुधारका निम्ति गुणस्तरिय तथा समावेशी शिक्षाको लागि महिला शिक्षकहरुको भेलाको आयोजना गरिएको सप्तरीका जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डेले जानकारी दिनुभयो ।
जिशिअ पाण्डेले महिला शिक्षकहरुमा भएका प्रतिभाहरु बाहिर आउन नपाइरहेको अवस्थामा जिल्ला भरिका महिला शिक्षकहरुको उपस्थितिले परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले सो भेलाबाट महिला शिक्षकले गरेका राम्रा तथा सफल अभ्यासहरु सवैले जानकारी पाउने, महिला भएकै कारण समस्याहरुको साथै तत्कालै र दिर्घकालमा समाधान गर्नु पर्ने विषयवस्तुहरुको बारेमा समेत छलफल भई सामाधानका योजना तय हुने लक्ष्य रहेको बताउनुभयो ।
“महिला शिक्षकले चाहेमा गर्न सक्छन्” भन्ने उद्देश्यका साथ आयोजना गरिएको उक्त भेलामा जिल्लाका सामुदायिक विद्यालयका ५ सय ८८ महिला शिक्षकसहित निजि विद्यालय र बालविकासका गरि ७ सय महिला शिक्षकहरुको सहभागिता रहेको छ ।
भेलाको उद्घाटन सत्रमा शिक्षाविद्हरु डा. विद्यानाथ कोइराला, डा. सुसन आचार्य, विनय कुमार कुसियैत, शिक्षा विभागका निर्देशक मित्रनाथ गड्तौला, क्षेत्रिय शिक्षा निर्देशक केशव प्रसाद दाहाल, सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्याल, सेभ द चिल्ड्रेनका गोपिनी पाण्डे, शिक्षक महासंघका अध्यक्ष फुलेश्वर मण्डल, महिला शिक्षक गिता यादव लगायतले महिला शिक्षकहरुलाई पनि नेतृत्व भूमिका लागि मौका दिनु पर्नेमा जोड दिनुभएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ