News Category 2073/09/04
जिल्लाका राजनीतिक दल र सांसदले बजेटको ब्रहमलुट गर्दैछन् ः एलडिओ
दैनिक समाचारदाता
राजविराज, ३ पुस ।
स्थानीय विकास अधिकारी सुदेव पोखरेलले सप्तरीका राजनीतिक दल तथा सांसदहरुमाथी आक्रमक शैलीमा जिल्लाको बजेटमाथी ब्रहमलुट गरिरहेको आरोप लगाउनुभएको छ । साथै उहाँले जिल्लाका पत्रकारले समेत त्यस्ता कार्यको समर्थन गर्दै ब्रहमलुट बारे “टोनिक” भेटेपनि कलम नचलाएको आरोप लगाउनु भयो ।
राजनीतिक दल, सरोकारवाला तथा संचारकर्मीहरुका लागि बुहक्षेत्रिय पोषण योजना सम्बन्धी दुई दिने तालिमको समापनको अवसरमा आइतबार मन्तव्य दिँदै उहाँले सो आरोप लगाउनु भएको हो ।
उहाँले राजनीतिक दल र सांसदको इच्छा अनुसार नै जिल्ला विकास समिति सप्तरी जहिले पनि निमित्त प्रमुखकै भरमा संचालन हुँदै आएको बताउनुभयो । उहाँले यसअघिको निमित्त स्थानिय विकास अधिकारी प्रदीप बहादुर सिंह यादव प्रोमोटेड इन्जिनियर हुँदै जिल्ला प्राविधिक कार्यालयको निमित्त र जिविस समेतको निमित्त प्रमुख भएर काम गर्नु जिल्लाको दुर्भाग्य भएको जिकिर गर्नुभयो ।
स्थानिय विकास अधिकारी पोखरेलले यसअघिको निमित्त एलडिओ यादवको समयमा जिल्लाका विभिन्न राजनैतिक दल तथा सांसदहरुले व्यापक योजनाहरु आफ्नो पक्षमा पारेर बजेटको दुरुपयोग गरेको आरोप समेत लगाउनुभयो ।
एक अर्को प्रसङ्गमा अधिकारी पोखरेलले जिल्लाका पत्रकारहरु समेत जिल्लाको बजेट दुरुपयोग बारे कलम नचलाएको आरोप लगाउँदै भन्नुभयो, “पत्रकारहरु पैसा नपाए लेख्छन् अनि पैसा पाए लेख्न बन्द गर्छन् ।”
उहाँले कुनै पत्रकारको नाम नलिएर केही पत्रकारहरु यस्ता कार्यमा सक्रिय रहेको दाबी गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ