News Category 2073/09/05
२५ जना तेश्रोलिंगीबाट फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता
दैनिक समाचारदाता
राजविराज, ४ पुस ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीले फोटो सहितको मतदाता नामावली तथा अद्यावधिक कार्यक्रम पुस १० गतेदेखी सप्तरी जिल्ला भरि संचालन गर्न लागेको छ ।
सोही कार्यक्रमको जानकारी दिने उद्देश्यले निर्वाचन कार्यालय सप्तरीले सोमबार राजविराजमा सरोकारवालाहरुसँगको अन्तरक्रिया समेत गरेको छ ।
निर्वाचन कार्यालयका प्रमुख महेश कुमार ठाकुरले जिल्लाका १ लाख ६९ हजार ८ सय ४२ पुरुष, १ लाख ५९ हजार ६ सय ८० महिला तथा २५ जना तेश्रोलिंगी गरि ३ लाख २९ हजार ५ सय ४७ जना (७८ प्रतिशत) ले २०७३ कात्तिक मसान्तसम्ममा फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराइसकेको जानकारी दिनुभयो ।
उहाँले जिल्लामा २२ प्रतिशत अर्थात २८ हजार ८ सय जना छुटेका मतदाताहरुले फोटोसहित मतदाता नामावलीमा नाम दर्ता गराउन कार्यक्रम संचालन गर्न लागिएको बताउनुभयो ।
संचालन गर्न लागिएको फोटोसहित मतदाता नामावली तथा अद्यावधिक कार्यक्रममा १६ वर्ष पुगेका नेपाली नागरिकहरुले समेत नाम दर्ता गराउन सक्ने प्रावधान रहेको जानकारी दिँदै प्रमुख ठाकुरले नाम दर्ता गराइसकेपछि उनीहरुले १८ वर्ष पुगेको समयमा मतदान गर्ने अधिकार स्वतः पाउने बताउनुभयो ।
कार्यक्रम पुस १० देखी माघ ९ गतेसम्म जिल्लाको विभिन्न गाविसस्थित गाविसको भवन तथा नगरपालिकास्थित विभिन्न वडाहरुमा संचालन हुने उल्लेख गर्नुभयो ।
निर्वाचन कार्यालयका प्रमुख ठाकुरको अध्यक्षतामा आयोजित अन्तरक्रियामा महिला बालबालिका कार्यालयका प्रमुख, विभिन्न राजनैतिक दलका प्रमुख एवं प्रतिनिधी लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो । साथै सो कार्यक्रममा राजनैतिक दलहरुका प्रतिनिधीहरुले सो कार्यक्रम संचालन गर्न कुनै वाधा उत्पन्न नगर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/11 धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
- 2082/09/11 ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
- 2082/09/11 आगलागिमा दुई लाख भन्दा बढीको क्षति
- 2082/09/10 सामाजिक संजालमा हिन्दु धर्मावलम्बी माथि गलत टिप्पणी गरेकालाई कारवाहीको माग
- 2082/09/10 पिकअप र चालकसहित ८ क्विन्टल ३२ किलो गाजा बरामद
- 2082/09/10 सप्तरीबाट अध्यक्ष महतोको नाम सिफारिस
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ