News Category 2073/09/06
संविधान संशोधन बिना चुनाव हुन सक्दैन् ः तमसपा अध्यक्ष यादव
दैनिक समाचारदाता
राजविराज, ५ पुस ।
तराई मधेश सद्भावना पार्टी (तमसपा) का अध्यक्ष महेन्द्र राय यादवले संविधान संशोधन बिना चुनाव हुन नसक्ने बताउनु भएको छ ।
मंगलबार राजविराजमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष यादवले सरकार र मुख्य तीन दल संविधान संशोधन नगरिकनै चुनाव गराउने सोच बनाइरहेको भन्दै बलजफ्ती रुपमा सरकारले चुनाव गराउन खोजे आफूहरु चुनाव हुन नदिने बताउनुभयो ।
उहाँले संविधान संशोधन गर्नुपर्नेसहितका तीन बुँदे सहमति गरेरै मोर्चाले वर्तमान सरकारलाई समर्थन गरेको बताउँदै सहमति पालना गर्न सरकारसँग आग्रह समेत गर्नुभयो ।
एमालेले लगातार संसद अवरोध गरिरहेको बताउँदै अध्यक्ष यादवले यो लोकतन्त्रप्रतिको प्रहार भएको जिकिर गर्नुभयो । आफूहरुले पनि विगतमा संसद अवरोध गरेको स्मरण गराउँदै तर सो समयमा निकास पनि दिएको जानकारी दिनुभयो ।
एमालेले अहिले मुलुकमा मण्डले र खोक्रो राष्ट्रबादको नारा लगाएर थप द्वन्द्व सृजना गरेको आरोप लगाउँदै यसले मुलुकमा नयाँ संकट ल्याउने अध्यक्ष यादवले भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ